stcnepal long ad
global ime bank long

मेयर शाक्य र उपमेयर खड्गी श्रेष्ठ सम्मानित

नेवार समुदायको भाषा, लिपी र संस्कृति बचाउन मेयर उपमेयरको योगदानको कदर — नेवाः स्यनामि दबू

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलाई आज सम्मान गरिएको छ ।

सामुदायिक तथा संस्थागत विद्यालयहरुमा स्थानीय पाठ््यक्रमका रुपमा नेपाल भाषाको पठनपाठन सुरु गरेर नेपाल भाषा, लिपी र संस्कृतिको जगेर्नामा योगदान पु¥याएकोले उहाँहरुलाई सम्मान गरिएको हो । उहाँहरुको सम्मानमा नेवाः स्यनामि दबू, नेपाल मण्डलले कार्यक्रम आयोजना गरेको थियो ।

नेपाल भाषा पठनपाठन सुरु गर्ने निर्णय ऐतिहासिक हो । यसले स्थानीय चालचलन, रीतिरिवाज, धर्म संस्कृति, जात्रा पर्व र ठाउँको यथार्थ जान्ने वातावरण बनेको छ ।

सही सूचना दिने ठाउँ नभएर यस अघि नेपाल भाषा अपभ्रंस हुँदै मौलिक बस्तु र ठाउँको पहिचान नै परिवर्तन हुने अवस्थामा पुगिसकेको थियो ।

सम्मान कार्यक्रमका आयोजकले, महानगरले पठनपाठन गराउन थालेको स्थानीय पाठ्य पुस्तक ‘येँ दे म्हसीके’, भाषा प्रशिक्षणका लागि सहायक प्रशिक्षकको नियुक्ति, संस्थागत विद्यालय पनि स्थानीय पाठ्यक्रम लागु गर्नका लागि मेयर उपमेयरको नेतृत्वमा भएको नीतिगत निर्णयले स्थानीयको भाषिक अधिकारलाई सुनिश्चित गराएको भन्दै प्रशंशा गरेका थिए ।

सम्मानपछि बोल्दै मेयर विद्यासुन्दर शाक्यले स्थानीय भाषा, कला, संस्कार, संस्कृति, सम्पदा, साहित्य र सिर्जना जोगाउन सरकारकोतर्फबाट जिम्मेवारी पूरा गरेको बताउनुभयो ।

यसबाट काठमाडौँका मौलिक ठाउँ, खाना र चलनको यथार्थ ज्ञान थाहा हुनेछ । मेयर शाक्यले थप्दै भन्नुभयो, ‘नेपाल भाषाको अध्ययनका लागि आधारभूत तहमा पाठ्यक्रम कार्यान्वयनमा आइसकेको छ । यसलाई माध्यमिक तहसम्म पु¥याउँछौँ । यस्तै विश्वविद्यालयको स्नातकोत्तर तहमा अध्यापन गराउन त्रिभुवन विश्वविद्यालयलाई सहयोग गरेका छौँ ।’

हामी निर्वाचित भएपछि स्थानीय भाषा, लिपी, सम्पदा र संस्कृति जोगाउन गरिएका प्रयासमध्ये स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याउनु एउटा महत्वपूर्ण काम हो । कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो, ‘हामीले धेरै काम गरेका छौँ ।

काठमाडौँ संघीय राजधानी भएकोले साना र नियमित काम देखिँदैनन् । हामी सरकार भएको अनुभूति गराउने प्रयास गरिरहेका छौँ ।’

कार्यक्रममा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले संस्थागत विद्यालयहरुमा नेपाल भाषा पढाउन सहायक प्रशिक्षकहरु तयार भइरहेको बताउनुभयो ।

त्यस्तै जनकवि दुर्गालाल श्रेष्ठले, नेपाल भाषा विग्रिनबाट बचाउन महानगरले गरेको प्रयास चर्चा योग्य भएको बताउनुभयो । नेवाः स्यनामिका उपाध्यक्ष कृष्णभक्त मानन्धर, सचिव बरुणप्रसाद वैद्य, महानगरको सहरी योजना आयोगकी सदस्य गुजेश्वरी श्रेष्ठलगायत वक्ताले विद्यालयहरुमा नेपाला भाषा पठ्न विद्यार्थीहरुमा उत्साह देखिएको बताउनुभयो ।

त्यस क्रममा नेपाल भाषाको पाठ्यक्रम लागु गर्ने निर्णय कार्यान्वयनमा उल्लेखनीय भूमिका खेल्नु भएका शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी, शिक्षा अधिकृत मोती खनाल, सहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठ, सहायक विज्ञ सुरेशकिरण मानन्धरलाई सम्मान प्रदान गरिएको थियो ।

IME Lifesidebar
kumari