stcnepal long ad
global ime bank long

सिभिल सहकारीका निक्षेपकर्ताको रकम फिर्ता नहुने सम्भावना

धेरै व्याज पाउने लोभमा सिभिल सहकारीका बचतकर्ताहरू ठगिन पुगे

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं जिल्ला अदालतको पुस १४ गते बिहीबारको आदेशपछि सिभिल सहकारी ठगी प्रकरणमा मुख्य आरोपीहरु इच्छाराज तामाङ र केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । उनीहरु थुनामा गएसँगै अब निक्षेपकर्ताको रकम कसरी फिर्ता होला भन्ने प्रश्न उठेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाको इजलासले तामाङ र केशवलाल श्रेष्ठलाई थुनामा पठाउन आदेश दिएको थियो । सिभिल ग्रुपका पूर्वअध्यक्ष तामाङ व्यवसायी तथा पूर्वसांसद पनि हुन् ।

उनी सहित १२ जनालाई सिभिल सहकारीको अर्बौं रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले पक्राउ गरी अनुसन्धानपछि मुद्दा चलेको हो । उनी सहित ४२ जनाविरुद्ध मुद्दा चलाइएको छ ।

प्रतिवादीहरूलाई ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो ।

सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभ संस्थामा बचतकर्ताहरूको रकम हिनामिना गरेको भन्दै सीआईबीले गत असोज १८ गते तामाङलाई पक्राउ गरेको थियो ।

उनी सहित पक्राउ परेका हरिहरप्रसाद लामिछाने, विजय विक्रम शाह, भगवान् बहादुर सिंह डंगोल, एलिना तुलाधर, मायोनानी महर्जन, बुद्धराज तामाङ, कौस्तुभ केत ढुंगाना, शंकर प्रसाद पाठक, राकेश महर्जन धरौटीमा छुटेका छन् । संगीत श्रेष्ठ साधारण तारिखमा छुटेका छन् । मुद्दाको अन्तिम टुंगो नलागेसम्म तामाङ थुनामै रहने छन् ।

यद्यपि, यो मुद्दा सुनुवाइकै क्रममा छ । बाँकी मुख्य आरोपीहरुमा तामाङकी श्रीमती र उनका दुई छोरी प्रतीक्षा र प्रतिष्ठा पनि छन् । तामाङले सहकारीबाट विभिन्न कम्पनीका लागि भनी लिएका रकम श्रीमती तथा छोरीहरुलाई दिएका थिए ।

अनुसन्धानको क्रममा उनले गत २०७४ सालमा नै अंशबण्डा गरेर श्रीमती र छोरीहरु सबैको सम्पत्ति हस्तान्तरण गरेको र आफ्नो नाममा ३ आना जग्गा मात्र राखेको भेटिएको छ । यसले उनी पहिलै ठगि मुद्दा लाग्छ भनेर सचेत भएको देखिन्छ।

आरोपितहरू विरुद्ध ५ अर्ब ७७ करोड ८० लाख ९० हजार रुपैयाँ बिगोसहित ठगी र संगठित अपराधमा मुद्दा दायर भएको थियो ।

सीआईबीले तामाङलाई गत असोज १८ मा पक्राउ गरेर ठगी मुद्दामा अनुसन्धान गरेको थियो । वाग्मती प्रदेश सरकारले सीआईबीलाई अनुसन्धानका लागि पत्र लेखेको थियो । उनीहरु पक्राउपछि सिभिल सहकारीका बचतकर्ताले बचत र त्यसको ब्याज नपाएपछि प्रहरी समक्ष उजुरी दिएका थिए ।

अन्य आरोपीहरुमा मुकुन्दप्रसाद नेउपाने, प्रवीणप्रसाद प्रधान, अष्टरत्न तुलाधर, सुमन नन्दन वैद्य र रामकृष्ण पौडेललाई पनि मुद्दा दायर गरिएको छ । जयन्द्रलाल श्रेष्ठ, दुर्गाप्रसाद संगीला, अन्नपूर्ण खनाल, नगेन्द्र विमली, रामराज मास्के, जीवनराज बज्राचार्य, रन्जना महर्जन, सुवासकुमार श्रेष्ठ, कान्तिलक्ष्मी उपाध्याय, लालकाजी गुरुङ, मीना गुरुङ, नारायणलाल श्रेष्ठ, सुमन श्रेष्ठ र गोपालबहादुर श्रेष्ठ छन् ।

गोपालबहादुरको गत २०७६ वैशाख २८ मा मृत्यु भइसकेको छ । ठगी अपराध तर्फ तामाङ सहितलाई अधिकतम पाँच वर्ष कैद, बिगो बमोजिमको जरिवाना र पीडितलाई ठगिएको रकम भराउने मागदाबी गरिए पनि कतै यो ‘ओरियन्टल सहकारी’ जस्तै बन्ने त होइन भन्ने आशंका देखिएको छ । ओररियन्टल सहकारीका पिडितले अहिलेसम्म निक्षेप फिर्ता पाउन सकेका छैनन। ओरियन्टल सहकारीका ठग सुघीर बस्नेत जेल परि सर्वोच्च अदालतको आदेशले छुटि सकेका छन।

तामाङ जस्तै घरजग्गा व्यवसायी सुधीर बस्नेत समेत सञ्चालक रहेको ओरियन्टल को–अपरेटिभले आठ हजारभन्दा बढी निक्षेपकर्ताबाट पाँच अर्बभन्दा बढी रकम हिनामिना गरेको पाइएको थियो ।

रकम फिर्ता नभएपछि निक्षेपकर्ताले बस्नेतविरुद्ध उजुरी दिएका थिए । गत ०७३ पुस १३ मा बस्नेतलाई पक्राउ गरिए पनि गत २०७५ जेठ २३ मा उनी जेलमुक्त भए ।

अदालतबाट बस्नेतको सबै सम्पत्ति फुुकुुवा गर्नुपर्ने, बस्नेतले निक्षेपकर्ताको रकम भुक्तानी गर्दै जाने र प्रत्येक महिना सोको विवरण अदालतमा पेस गर्नुपर्ने फैसला भएको थियो । २०६९ देखि यो समस्या सुरु भए पनि हालसम्म पीडितले रकम पाउन सकेका छैनन् ।

तामाङले पनि सहकारीबाट सिभिल होम्स लगायत निजी कम्पनीहरुले पैसा लगेको र निक्षेपकर्ताको पैसा ती कम्पनीले नै दिने तर आफूले दिन नसक्ने जनाएका छन् । जब कि ती सबै संस्था तामाङको नै हो ।

उनले वर्षेनि ती कम्पनीलाई घाटामा देखाएर कर तिर्नबाट बच्ने र ऋण तिर्नुपर्ने दायित्वबाट उम्किने प्रपञ्च गर्दै आएका थिए ।

कम्पनीमा लगिएको भनिएको रकम भने श्रीमती र छोरीहरुको नाममा लगिएको सिभिल सहकारीका बचतकर्ताले बताएका छन् । निक्षेपकर्ताहरूले ६ महिनाभित्र बचत खाताको रकम भराउनुपर्ने हाम्रो माग गरेका छन । नगद नभए बैंकबाट ग्यारेन्टी हुनुपर्छ उनीहरूको भनाइ छ ।

बचतकर्ताको रकम फिर्ता गरेर मात्र नभई आर्थिक अपराध गरेका कारण तामाङलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने सिभिल सहकारीका सम्पूर्ण बचतकर्ताको माग रहेको छ ।

तामाङलाई संगठित अपराध पनि ठहर भए उनीहरूमाथि थप ५० प्रतिशत कैद तथा जरिवाना हुनेछ । ज्येष्ठ नागरिकमाथि ठगी गरेको भन्दै त्यसमा समेत थप सजाय माग गरिएको छ । धेरै व्याज पाउने लोभमा सिभिल सहकारीका बचतकर्ताहरू ठगिन पुगेका छन।

 

IME Lifesidebar
kumari