stcnepal long ad
global ime bank long

एमबीबीएसका विद्यार्थीहरुको समस्या समाधानका लागि फाइल मन्त्रिपरिषदमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कोरोना १९ महामारीका कारण नेपाल फर्किएका चीनलगायत देशमा अध्ययनरत एमबीबीएस विद्यार्थीहरुको समस्या समाधान गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हिजो पुस १४ गते बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा सो प्रस्ताव पठाएको बताइएको छ ।

चिकित्सा शिक्षाको स्नातक तहमा चीन लगायतका देशमा सन २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास र इन्ट्रनसीपको समस्या समाधानका लागि प्रस्ताव मन्त्रिपरिषदमा प्रस्ताव लगेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिएका छन् ।

यसअघि चीन लगायत देशमा गई अध्ययन पूरा गराउने विषय विभिन्न तहमा कुटनैतिक पहल गरिएको भएपनि ठोस नतिजा आउन सकेको छैन ।

‘कोभिड(१९ का कारण नेपाल फर्किएका एमबीबीएस विद्यार्थीहरुको समस्या समाधान गर्न हामी प्रतिबद्ध छौं। प्रस्ताव मन्त्रिपरिषदमा लगेका छौं, समितिमा छलफलभएपछि चाँडै टुंगो लाग्छ ।’ मन्त्री पौडेलले भने।

सन् २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीहरुको हकमा अन्तराष्ट्रिय मान्यतामा समेत असर नपर्ने गरी बाँकी अध्ययन र प्रयोगात्मक अभ्यास र इन्ट्रन्सीप गराई समस्या समाधान गराउन गठित कार्यदलले सुझाव दिएको थियो ।

कोभिडका महामारीका बेला नेपाल आएका एमबीबीएसका विद्यार्थीहरु अध्ययन पूरा गर्न सोही देशबाट अनुमति पाएका छैनन् ।

यस्तै विभिन्न मेडिकल कलेजहरुले विद्यार्थीबाट तोकिएको भन्दा बढी रकम लिएको विषयमा पनि छलफल भएको मन्त्री पौडेलले जानकारी दिएका छन् ।

विद्यार्थीबाट रकम बढी लिएका मेडिकल कलेजहरुको अनुगमन तथा आवश्यक प्रमाणका जम्मा गर्न सचिवलाई निर्देशन दिएको उनले बताएका छन ।

 

IME Lifesidebar
kumari