stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

लक डाउन अबधिभर सरकारले खाद्यवस्तु घरघरमा होमडेलिभर गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल चैत्र १४, २०७६ शुक्रबार

काठमाडौ । गृहमन्त्री राम बहादुर थापा बादल र आपुर्ति मन्त्री लेखराज भट्टको पहलमा लक डाउन अबधिभर उद्योगी, व्यवसाय , राजधानीमा संचालित सुपरमार्केट, ग्रोसरी,खाद्य स्टोर तथा महानगरपालिका पदाधिकारीसंग छलफल गर्दै गृह सचिव महेश्वर न्यौपानेले लकडाउन अबधिभर जनताको आवश्यकता अनुसार स्थानीय प्रशासनसंग समन्वय गरी पास लिन व्यावसायीहरुलाई आग्रह गरेका छन् ।

किराना पसलमा उपभोक्ता जाँदा भिडभाड हुने र लक डाउनको पूर्णरूपमा पालना नगरेको देखिएकोले कोरोना भाइरसको संक्रमणबाट बचाउन होमडेलिभरको प्राथमिकतालाई जोड दिईएको बताएका छन् ।

त्यस्तै गृह प्रवक्ता सहसचिव केदारनाथ शर्माले खाद्य वस्तुको आपुर्ति र बिक्री बितरण तथा व्यवस्थापन सहज बनाउन डेलिभरीको व्यवस्थापन गर्न लागेको बताएका छन् ।

धन्यवाद छ गृहमन्त्री थापा र आपुर्ति मन्त्री भट्ट ज्यूलाई जनताको घरघरमा खाद्य वस्तुको होमडेलिभर गर्ने कामको शुरुवात गर्न लाग्नु भएकोमा ।

यहि बेला हो संकटको बेला जनताको सेवा गर्नु । सरकारको यस कार्यलाई नेपाली जनताले राम्रो कामको शुरुवात भनि टिप्पणी गरेका छन् ।

prabhu mahalaxmi
kumari