तारकेश्वर ६ मा लकडाउन उल्लंघन

आर्थिक सञ्जाल चैत्र १४, २०७६ शुक्रबार
काठमाडौ । तारकेश्वर नगरपालिकाको वडा नम्बर ६ मा स्थानीय बासिन्दाहरूले लगडाउनको उल्लंघन गर्दै घोडेजात्रा गर्दै आएका छन् ।
बिहान करिब दश बजे देखि घोडेजात्रा शुरु भएको बताइएको छ । प्रहरी प्रशासन स्थानीयले घोडेजात्रा मनाउने नाममा कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्दा पनि टुलुटुलु हेरेर बसेको छ ।
त्यहाँ करिब एक सय पचास भन्दा बढी स्थानीय बासिन्दाहरू उपस्थित भएका छन् ।स्थानीय जनप्रतिनिधिहरू नै जात्रामा सहभागी भएका छन् । स्थानीय बासिन्दालाई यस्तो अवस्थामा जात्रामा सहभागी हुन हुदैन भनेर सम्झाउने काम नगर्दा तारकेश्वर नगरपालिकामा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने खतरा बढेको स्थानीय एक व्यक्तिले बताएका छन् ।