citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

चैतभरी बीमा शुल्क र ब्याज दुबै तिर्न नपर्ने (सकुर्लरसहित)

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल चैत्र १४, २०७६ शुक्रबार

काठमाडौं । राष्ट्रिय बीमा समितिले चैत महिनाभरि बीमा शुल्क र यसमा लाग्ने ब्याज तिर्न नपर्ने व्यवस्था गरेको छ ।

कोरोना भाइरस त्रासका कारण उत्पन्न भएको विषम परिस्थितिका कारण समितिले सकुर्लर जारी गर्दै यस्तो निर्देशन दिएको हो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले हिजो बिहिबार सर्कुलर जारी गर्दै जीवन बीमा सम्बन्धी बीमा शुल्क संकलन कार्य चैत मसान्तसम्म स्थगन गर्न निर्देशन दिएका हुन् ।

त्यस्तै, निर्जीवन बीमा कम्पनीका हकमा पनि बीमालेखको म्याद सकिएकालाई पनि समितिले राहत प्याकेज उपलब्ध गराएको छ ।  समितिले बीमा अवधि समाप्त भएको बीमालेखको हकमा सम्बन्धित बीमितले लिखित अनुरोध(विद्युतीय माध्यमबाट प्राप्त) पठाएपछि स्वतः नविकरण हुने सुबिधा दिएको छ ।

निर्जीवन बीमकले तत्कालै उत्पन्न हुने दाबी भुक्तानीका लागि बिद्युतीय माध्यम मार्फत बीमितबाट यथेष्ट प्रमाण संकलन गर्ने र अवस्था सामान्य भएपछि तुरुन्त सर्भेयर खटाइ क्षति एकिन गरी दाबी भुक्तानी गर्न बीमा समितिले निर्देशन पठाएको हो । समितिले कोरोना भाइरसको त्रासका कारण उत्पन्न परिस्थिति सामान्य भएपछि बिना ब्याज बीमा शुल्क असुल्न पनि निर्देशन दिएको छ ।

gold
himalayan life insurance long ad