citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

कोरोनाको उपचारका लागि उपयोगी औषधि देउराली जनताद्धारा उत्पादन, निःशुल्क उपलब्ध गराइने

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल । मंगलबार, ११ चैत्र २०७६

काठमाडौं । औषधि उत्पादनका क्षेत्रमा परिचित उद्योग देउराली जनता फर्मास्युटिकल्स प्रा.लि. ले विगत तीन बर्षदेखि उत्पादन गर्दै आएको औषधि कोरोना भाइरस (कोभिड १९)को उपचारका लागि उपयोगी ठहरिएको बताएको छ ।

उद्योगले उत्पादन गर्दै आएको हाइड्रोसीक्लोरोक्विन सल्फेट ट्याब्लेट कोरोनाको उपचारका लागि आवश्यक परेमा आफू उक्त औषधि निःशुल्क उपलब्ध गराउन तयार रहेको जनाएको छ ।

यो औषधि प्रयोग गर्दा कोरोना भाइरसको संक्रमण चाँडै निको हुने गरेको तथ्यहरु प्रकाशित भएपछि उद्योगले विज्ञप्ति निकालेर आफूहरु निःशुल्करुपमा कोरोनाको उपचारका लागि औषधि उपलब्ध गराउन तयार रहेको स्पष्ट पारेको हो ।

हालै स्वास्थ्य सम्बन्धि विभिन्न निकायहरुले जारी गरेका अध्ययन प्रकाशनहरुमा कोरोनाको उपचारका लागि हाइड्रोसीक्लोरोक्विन सल्फेट ट्याब्लेट, ब्राण्ड–हाइक्विन २०० ट्याब्लेट नामक औषधि कोरोनाको उपचारका लागि उपयोगी हुने कुरा प्रकाशित भएका छन् ।

देउराली जनताले देशमा उत्पन्न यस जटिल परिस्थितिमा हाइक्विन २०० ट्याबलेट नामक औषधि तुरुन्तै उत्पादन गरि नेपालमा कोभिड १९ का बिरामीहरुले औषधि नपाएर उपचारबाट वञ्चित हुन नपरोस भन्ने सेवाको भावनाका साथ सरकारबाट माग भई आएको अवस्थामा करिव १५ हजार बिरामीहरुलाई उपचार गर्न पुग्ने गरि चार लाख ट्याबलेट (बजार मूल्य ४८ लाख रुपियाँ) औषधि निःशुल्क रुपमा उपलब्ध गराउन तयार रहेको जनाएको छ ।

कोरोना महामारीको असर कम गर्न र यसलाई फैलिन नदिन सबैले आ–आफनो क्षेत्रबाट योगदान गर्ने समय आएको भन्दै कम्पनीले यस क्रममा राष्ट्रलाई सबैले सक्दो सहयोग गर्न पनि आव्हान गरेको छ ।

gold
himalayan life insurance long ad