stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

औषधी र उपकरण चीन र भारतबाट ल्याउने निर्णय

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । मंगलबार, ११ चैत्र २०७६

काठमाडौं । सरकारले कोरोना भाइरस रोकथामका लागि आवश्यक औषधी, उपकरण तथा चिकित्सा सामग्रीहरु चीन र भारतबाट ल्याउने निर्णय गरेको छ ।

मंगलबार बसेको उच्चस्तरिय समन्वय समितिको बैठकले चीन र भारतबाट अत्यावश्यक औषधी, उपकरण तथा चिकित्सा सामग्रीहरु ल्याउने निर्णय गरेको हो । त्यसको समन्वय गर्ने जिम्मेवारी भने परराष्ट्र मन्त्रालयले पाएको छ ।

नेपालमा कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि अत्यावश्यक औषधि, उपकरण तथा चिकित्सा सामग्रीहरु मित्रराष्ट्र चीन र भारतबाट शीघ्र ल्याउने व्यवस्थाका लागि परराष्ट्र मन्त्रालयले समन्वय गर्ने ।, उच्चस्तरिय समितिको निर्णयमा भनिएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long