अदालतको अवहेलना र मानहानीको मुद्दा शम्भु श्रेष्ठले जिते

काठमाडौं । सर्वोच्च अदालतमा झण्डै १० वर्षअघि हालेको मानहानी र अवहेलनाको मुद्दा दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठ जितेका छन् ।
दृष्टि साप्ताहिकले छापेको समाचारले कृष्णमान सिंहको मानहानी र अदालतको अवहेलना भएको भन्दै उनले सम्पादक श्रेष्ठविरुद्ध २०६९ कात्तिक १७ गते सर्वोच्च अदालतमा मानहानी र अवहेलनाको मुद्दा दायर गरेका थिए । सोही मुद्दा आज श्रेष्ठको पक्षमा फैसला भएको छ ।
आज सर्वोच्च अदालतका न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाश ढुंगानाको संयुक्त इजलासबाट ०६९ एमएस ००१२ नम्बरको मुद्दा टुंगिएको छ । मुद्दाका पक्ष सिंहले नियमानुसारको तारिख गुजारेका कारण उक्त रिट स्वतः तामेलीमा गएपछि मानहानी र अदालतको अवहेलना भएको भन्ने जिकिर स्वतः खारेज भएको छ ।
समाजवादी प्रेस संगठनका अध्यक्ष रहेका श्रेष्ठले तथ्यमा नटेकी र लहैलहैमा लागेर रिट हाल्नु नहुने अदालतको फैसला पछि बताएका छन् ।