stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

घरजग्गाको मूल्यांकनमा फरकपन

राष्ट्र बैंकले विभिन्न २० जिल्लाका मालपोत कार्यालयमा भएको घरजग्गाको किनबेच र क वर्गका विभिन्न छ वटा वाणिज्य बैंकले प्रवाह गरेको ऋणका आधारमा सर्वेक्षण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। घर तथा जग्गाको मूल्य वार्षिक रुपमा औसतमा २६.४५ प्रतिशतले वृद्धि भएको पाइन्छ ।.नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको घर जग्गा मूल्य सर्वेक्षण प्रतिवेदन अनुसार वाणिज्य बैंकको तथ्याङ्कका आधारमा वार्षिक रुपमा घरजग्गाको मूल्यमा वृद्धि हुँदै गएको पाइएको छ ।

मालपोत कार्यालयको विवरणका आधारमा भने औसतमा १९.४५ प्रतिशतले मूल्यवृद्धि भएको पाइन्छ । घरजग्गाको मूल्यमा आउने अस्वाभाविक उतारचढावले मुलुकको समग्र आर्थिक स्थायीत्वमा नै प्रतिकूल प्रभाव पार्न सक्ने भएकाले यस क्षेत्रको मूल्य स्थितिका सम्बन्धमा जानकारी राख्नुपर्ने भएकाले अध्ययन गरीएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिएका छन ।

घरजग्गा क्षेत्रको मूल्य सूचकाङ्क निर्माण गरी घर जग्गामा मुद्रास्फिती मापन गर्न पनि अध्ययन जरुरी रहेको राष्ट्र बैंकको निष्कर्ष छ । आगामी दिनमा हरेक तीन महिनामा घरजग्गाको मूल्य सूचकाङ्क प्रकाशित गर्ने तयारीसमेत राष्ट्र बैंकले गरेको छ ।

राष्ट्र बैंकले विभिन्न २० जिल्लाका मालपोत कार्यालयमा भएको घरजग्गाको किनबेच र क वर्गका विभिन्न छ वटा वाणिज्य बैंकले प्रवाह गरेको ऋणका आधारमा सर्वेक्षण गरिएको राष्ट्र बैंकले जनाएको छ । बैंकले अध्ययनका लागि चयन गरेको नमूनाको प्रतिवर्गमिटर मूल्य एउटै आउने अवस्थामा सरकारले तोकेको न्यूनतम मूल्यका आधारमा धेरैजसो कारोबार हुने पाइएको छ ।

बजारको वास्तविक मूल्य एकातिर हुने तर कारोबार भने अर्कै मूल्यमा हुने गरेको अवस्था रहेको पाइएको छ । मालपोत रजिष्टेशन शुल्क र लाभकर कम तिर्नका लागि कम मूल्यमा कारोबार गर्ने गरेकाले पनि मुलुकको राजश्व सङ्कलनमा प्रभाव पर्ने गरेको देखिन्छ ।

नेपालमा पहिलो पटक गरीएको घरजग्गा मूल्य सर्वेक्षणको ध्येय मुद्रास्फितिको मापन गर्नु रहेको छ । अध्ययनमा अन्य देशले अपनाएका जस्तो जग्गाको लोकेशन, आकार, मुख्य सडकसम्मको पहुँच, बाटोको चौडाइँ, मोहडा, व्यापारिक तथा आवासीयजस्ता विषय भने समावेश गरिएको छैन ।

घरजग्गाको बढी कारोबार हुने स्थान समयक्रममा छिटोछिटो परिवर्तन हुने भएकाले अद्यावधिक मूल्य सर्वेक्षण पाँच वर्षभित्र सम्पन्न गर्नुपर्ने केन्द्रीय बैंकको निष्कर्षमा छ ।

घरजग्गाको मूल्य सूचकाङ्कले शहरी क्षेत्रलाई मात्रै समेटेको छ । आर्थिक वर्ष २०७७/०७८को पहिलो नौ महिनाको आधारमा औसतमा घरजग्गा मुद्रास्फिती गण्डकी प्रदेशमा सबैभन्दा बढी देखिएको छ ।

अध्ययन प्रतिवेदन अनुसार गण्डकी प्रदेशमा १९.१९ प्रतिशतले घरजग्गाको मूल्यवृद्धि भएको पाइएको छ । यस्तै, कर्णाली प्रदेशमा १९.०२ प्रतिशत, वाग्मती प्रदेशमा १८.२ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा १६.३२ प्रतिशत, प्रदेश नं २ मा १६.२ प्रतिशत, प्रदेश नं १ मा १५.१४ र लुम्बिनी प्रदेशमा ४.३२ प्रतिशतले मूल्यवृद्धि भएको पाइएको छ ।

गभर्नर अधिकारीका अनुसार अध्ययन दुई वर्ष समय लगाएर गरीएको हो ।अध्ययनका लागि केन्द्रीय बैंकका डेपुटी गगर्नर बमबहादुर मिश्रको संयोजकत्वमा घरजग्गा मूल्य सर्वेक्षण उच्चस्तरीय निर्देशक समिति गठन गरिएको थियो । सर्वेक्षणमा घरजग्गाको सबैभन्दा बढी कारोबार हुने नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकाका दुई वटा वडालाई छनौट गरिएकोजनाइएको छ ।

यस्तै वाणिज्य बैंकको बढी कारोबार तथा शाखा सञ्जालको विस्तारको आधारमा छ वटा वाणिज्य बैंक छनौट गरी मालपोत कार्यालयको कारोबारबाट निर्धारित स्रोत केन्द्रलाई आधार यो मुल्यांकन प्रतिवेदन दिइएको छ ।

prabhu mahalaxmi
kumari