sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

१८ औं हस्तकला व्यापार मेला शुरु

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिता बौद्धस्थित होटल हायात् रिजेन्सीमा आजबाट सुरु भएको छ । नेपाल हस्तकला महासंघको आयोजनामा मंसिर ३ गते देखि ५ गतेसम्म्म चल्ने मेलाको शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नु भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि रहेका प्रधानमन्त्री देउवाले हस्तकला देशको कला र संस्कृतिले पहिचान भएको बताउँदै यसलाई विश्वबजारीकरणमा जोड दिनुपर्ने बताउनु भयो । हस्तकला विकास र सरंक्षणको लागि सरकार प्रतिवद्ध रहेको पनि उहाँले औंल्याउनुभयो ।

हस्तकलामा कोरिएका चित्रहरु, मुर्तिले देशको कला, धर्म संस्कृतिको पहिचान गर्ने भएकोले हस्तकलालाई संरक्षण गर्दै पुस्तान्तरण गर्न व्यवसायीलाई देउवाले आग्र्रह समेत गर्नुभयो ।
सरकार हस्तकला क्षेत्रको संरक्षणका लागि तयार रहेको बताउनुहुँदै उहाँले आवश्यक ऐन तथा नीति बनाएर अगाडि बढ्न सहयोग गर्ने बताउनु भयो । “मेलाको अवलोकन गर्दा अति सुन्दर मुर्ति, कला, मिहिनेत देख्दा म खुशि छु ।

हाम्रो पहिचान कायम राख्न धेरै कालीगढहरुले परम्परागत, आधुनिक शैलीमा मिहिनेत गरेर सुन्दर मुर्ति, फेसन, विभिन्न कालाकृतिका सामाग्रीहरुले मेला अत्यन्न सुन्दर बनाएको छ । उनले भने यो नै देशको पहिचान हो । यसको जगेर्नामा सरकार प्रतिबद्ध छ ।” प्रधानमन्त्री देउवाले हस्तकलाको विकास गर्न कागजी, धातुका साथै पोशाकी प्रयोगका सामाग्रीहरु निर्माणसँगै विश्व बजारीकरण आजको आवश्यकतामा जोड दिनुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री प्रेम आलेले देशको धर्म संस्कृति पहिचान नै हस्तकला भएको बताउनुहुँदै मन्त्री आलेले देशको अर्थतन्त्रमा हस्तकालाको करिब सात आर्बको व्यपार गरेको बताउनुभयो ।

मेला सफलताको कामना व्यक्त गर्दै हस्तकला उद्यमीलाई उच्न मोनोबलका साथ व्यवसाय गर्न आग्रह गर्नुभयो । सरकारले हस्तकालाको व्यवसायीकरणका लागि आवश्यक सहयोग गर्न तप्पर रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा मेला संयोजक तथा महासंघका उपाध्यक्ष रवीन्द्र शाक्यले हस्तकला रोजगारी सृजनाको साथै आर्थिक उपार्जनको मुख्य स्रोत भएको बताउनुभयो ।

शाक्यले हस्तकलाको पहिचान र संरक्षणको लागि कला वर्ष घोषणा गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले साच्चै सरकारले हस्तकलाको विकास, संरक्षण गर्न, प्रोत्सहान गर्न सरकारी कार्यलयमा स्वदेशी उत्पादित बस्तुको प्रयोग गर्न खरिद ऐनमा व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

मेलामा विभिन्न हस्तकलाका विधाका एकसय २० भन्दा बढी स्टल रहेको जानकारी दिंदै उहाँले मेलाका म्ख्य आकर्षण एउटै छानामुनि हस्तकला वस्तुको बृहत प्रदर्शनी तथा बिक्री, समयसापेक्ष मेड इन नेपाल, मेक इन नेपाल अवधारणा अनुरुप वस्तुको प्रदर्शनी, परम्परागत तथा नवोदित सम–सामयिक हस्तकला विधाको कला प्रतियोगिता अन्तर्गत परम्परागत–जडाऊ कला( फिलगिरी), समसामयिक प्राकृतिक रेशा(नेचुरल फाइवर), अर्मूत सांस्कृतिक सम्पदाको उजागर, तारागाउँ कल्चर सेन्टरको हलमा उत्कृष्ट हस्तकला वस्तुको कला प्रदर्शनी, विभिन्न विधामा जीवन पर्यन्त संलग्न ७० वर्ष नाँघेका जेष्ठ कलाकारलाई सम्मान र हस्तकलाकलाका उत्कृष्ट निर्यातकर्तालाई सम्मान गरेको बताउनु भयो ।

महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले मेला बारेको प्रकाश पार्दै सम्पूर्ण अतिथिहरुमा स्वागत मनतव्य व्यक्त गर्नुभएको थियो । त्यसैगरि कार्यक्रममा प्रधानमन्त्री देउवाले साधना माला पुस्तकको विमोचन, महासंघको व्यवसायिक अनलाईन पोर्टल ईकलाको समेत शुभारम्भ गर्नु भएको थियो ।

मेला मार्फत हस्तकला क्षेत्रका उद्यमी व्यवसायीले स्वदेशी तथा विदेशी व्यापारीसँग सम्बन्ध स्थापित गरी व्यापार व्यवसायलाई प्रवद्र्धन गर्न अवसर प्राप्त हुने, प्रत्येक वर्ष एक निश्चित समयमा यस्ता मेला आयोजनाले नयाँ –नयाँ उद्यमी निस्कने, हस्तकलाका वस्तुको उत्पादन, डिजाइन, विकास र वस्तु विविधिकरण प्रोत्साहन मिल्ने, हस्तकलाको क्षेत्रमा रहेकोे सीप, कला र प्रविधिबारे जानकारी आदान प्रदान हुने, स्वदेशमै रोजगारी अभिबृद्धि हुने, हस्तकलामा नयाँ पुस्तालाई आकर्षित गर्न सकिने आयोजकको अपेक्षा रहेको छ ।

मेलाका झण्डै एक लाखले अवलोकन गर्ने, प्रत्यक्ष कारोबार र व्यवसायिक अर्डरसमेत गरी तीन करोडदेखि पाँच करोड रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको छ । साथै, मेलामा प्रवेश टिकट खरिद गरी मेला अवलोकन गर्ने आगन्तुकलाई विशेष आकर्षक डोर प्राइजको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।

नेपालको मौलिक कलाका रुपमा रहेको परम्परागत हस्तकलालाई यहाँका कलाकार कालीगढबाट उत्पादित हस्तकलाका वस्तु स्वदेश र विदेशमा व्यापार व्यवसाय प्रवद्र्धन गर्न हस्तकलामा संलग्न कलाकार, कालीगढलाई प्रोत्साहन गरी सीप हस्तान्तरण गरी हाम्रो देशको भौलिक कलाकृति अन्तराष्ट्रिय बजारमा समेत प्रवद्र्धन गर्नुपर्नेमा महासंघले जोड दिँदै आएको छ ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यले मेलाले कोरोना महामारीले सिथिल बनेको हस्तकलाको आन्तरिक तथा बाह्य बजारलाई प्रवद्र्धन गर्न टेवा पुग्ने बताउँदै मेला सफलताको लागि सबैसँग आग्रह गरे ।

कार्यक्रममा उत्कृष्टि व्यवसायीहरु पद्म रत्न धाख्वा, गोपी प्रसाद कडेल, प्रदिप थापा ,जेम्स श्रेष्ठ, संगम श्रेष्ठ, सोनुस केसी, खगेन्द्र गजमेर, निम्दिकी शेर्पा, गोबिन्द टण्डन, एकदेव अर्याल, चन्द्र बहादुर थापा , नरेशलाल श्रेष्ठ, मेहेश्वर श्रेष्ठ, रविन श्रेष्ठ, कुवेर सापकोटा, नन्द बज्राचार्य लगायतलाई दोसल्ला ओढाइ सम्मान्नपत्रसहित सम्मान्न गरिएको थियो ।

gold
prabhu bank
nawakantipur long