stcnepal long ad
global ime bank long

नेपाल उद्योग परिसंघ र भारतीय राजदूतबीच भेटवार्ता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

नेपाल उद्योग परिसंघका पदाधिकारी तथा नेपालका लागि मित्रराष्ट्र भारतका चार्ज डे अफेयर्स अजय कुमारबीच मङ्गलबार भारतीय दूतावासमा भेटवार्ता सम्पन्न भएको छ । छलफलका क्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा भारतीय लगानी बढाउन दूतावास तथा परिसंघ मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले नेपालमा लगानीको वातावरण बन्दै गएकोमा भारतबाट लगानीकर्ताहरूलाई नेपाल ल्याउन दूतावासलाई आग्रह गरेका थिए । त्यस्तै अध्यक्ष मोरले नेपालले मनाइरहेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन भारतीय पर्यटकहरूलाई नेपाल भित्र्याउन दूतावासबाट पहल गरिदिन समेत आग्रह गरेका थिए ।
चार्ज डे अफेयर्स कुमारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन भारतमा यसको प्रचार–प्रसारलाई अझै तीव्र बनाउन आवश्यक रहेको जनाउँदै स्थलमार्गबाट नेपाल आउने भारतीय पर्यटकलाई सरलीकृत व्यवस्था भए भारतबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य बढ्न सक्ने बताए । विराटनगरमा आइसिपी निर्माण सम्पन्न भई प्रयोगमा आउने अवस्थामा रहेको जानकारी गराउँदै भारत नेपालमा लगानी बढाउन तथा यहाँको अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण गर्न सधैँ तयार रहेको जनाएका थिए ।

IME Lifesidebar
kumari