मन्त्रिपरिषद बैठक बस्दै

आर्थिक सञ्जाल आइतबार,९ चैत्र २०७६
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज लामो समयपछि मन्त्रिपरिषद बैठक डाकेका छन् । आफ्नो सरकारी निवास बालुवाटारमा साँझ ४ बजेका लागि बैठक डाकिएको छ ।
गत फागुन १८ गते उनको मृगौला प्रत्यारोपण गर्नु अघि मन्त्रिपरिषदको बसेको थियो । देशमा कोरोना भाइरसले जनजीवन अस्तव्यस्त पारेका बेला केही महत्वपूर्ण निर्णय लिन बैठक डाकिएको हुनसक्ने अनुमान गरिएको छ ।
चिकित्सकको सल्लाह बमोजिम प्रधानमन्त्री र मन्त्रीहरुबीच निश्चित दूरी कायम गरी बैठक गर्न लागिएको हो ।