stcnepal long ad
ime life insurance
national life
global ime bank long

चैत ३० गते सप्तकोशीले डाक्यो साधारण सभा 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल आइतबार,९ चैत्र २०७६

काठमाडौँ । सप्तकोशी डेभलपमेन्ट बैंकको बाह्रौँ वार्षिक साधारण सभा चैत ३० गते डाकेको छ । शनिवार बसेको सञ्चालक समितिको बैठकले बिहान १०ः३० बजे उद्योग संगठन मोरङको सभाहलमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गर्नेछ । संस्थाको हाल कायम चुक्ता पूँजी ७८ करोड ७१ लाख ११ हजार ७ सय २८ रुपियाँ रहेको छ । साधारण सभा प्रयोजनका लागि चैत १० गतेदेखि चैत ३० गतेसम्म बैंकको शेयरधनी दर्ता पुस्तिका तथा शेयर दाखिल खारेज कार्य बन्द (बुक क्लोज) गर्ने निर्णय भएको छ ।

संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना तथा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक समेत साधारण सभाले निर्वाचित गर्ने जनाइएको छ ।

IME Lifesidebar
kumari