चैत ३० गते सप्तकोशीले डाक्यो साधारण सभा

आर्थिक सञ्जाल आइतबार,९ चैत्र २०७६
काठमाडौँ । सप्तकोशी डेभलपमेन्ट बैंकको बाह्रौँ वार्षिक साधारण सभा चैत ३० गते डाकेको छ । शनिवार बसेको सञ्चालक समितिको बैठकले बिहान १०ः३० बजे उद्योग संगठन मोरङको सभाहलमा साधारण सभा गर्ने निर्णय गरेको हो ।
साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गर्नेछ । संस्थाको हाल कायम चुक्ता पूँजी ७८ करोड ७१ लाख ११ हजार ७ सय २८ रुपियाँ रहेको छ । साधारण सभा प्रयोजनका लागि चैत १० गतेदेखि चैत ३० गतेसम्म बैंकको शेयरधनी दर्ता पुस्तिका तथा शेयर दाखिल खारेज कार्य बन्द (बुक क्लोज) गर्ने निर्णय भएको छ ।
संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना तथा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक समेत साधारण सभाले निर्वाचित गर्ने जनाइएको छ ।