citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

सिन्धु विकास बैंकका शाखा प्रमुख खरेल पक्राउ

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले बैंकिङ कसूरको आरोपमा काभ्रेको भुल्लु गाउँपालिका– ८ का ३१ वर्षीय सुमन खरेललाई पक्राउ गरेको छ ।

खरेलले आफू कार्यरत बैंक सिन्धु विकास बैंकको दोलालघाट शाखाले दैनिक रुपमा जम्‍मा गर्ने रकम एनसीसी बैंक बाह्रबिसेमा रहेको सिन्धु विकास बैंकको खातामा जम्‍मा गर्दै आएकोमा उसले बैंकमा रकम जम्‍मा नगरी १ करोड ८९ लाख ९० हजार ८ सय ५५ रुपैयाँ चलाएको प्रहरीको दाबी रहेको छ ।

शाखा प्रमुख खरेललाई केन्द्रीय अनुसन्धान ब्‍यूरोले गत सोमबार काभ्रेबाट पक्राउ गरेको छ । पक्राउ परेका उनलाई उच्च अदालत पाटनबाट ७ दिनको म्‍याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक कानूनी कारवाही भइरहेको केन्द्रीय अनुसन्धान ब्‍यूरोले जनाएको छ ।

Open photo

gold
himalayan life insurance long ad