citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

‘१४ औँ गोदावरी पुष्प प्रदर्शनी’ कात्तिक १२ देखि

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । कात्तिक १२ देखि १५ गतेसम्म फ्लोरिकल्चर एशोसिएशन नेपालले जावलाखेलको खेल मैदानमा ‘१४ औँ गोदावरी पुष्प प्रदर्शनी’ गर्ने भएको छ ।

फूलको व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले दीपावली, नेपाल संवत्, छठ लगायत पर्वलाई लक्षित गरी आयोजना गर्न लागिएको प्रदर्शनीमा व्यावसायिक ४४ तथा सूचनामूलक चार गरी ४८ स्टल रहने छन् । यस वर्ष गोदावरी फूलको विभिन्न विधामा गरिने प्रतिस्पर्धात्मक प्रदर्शनी हुने छैन ।

यहाँ आयोजित पत्रकार सम्मेलनमा मेलामा सहभागी नर्सरी व्यवसायीलाई प्रतिस्पर्धा गराई उत्कृष्टलाई पुरस्कृत गरिने जनाइएको छ ।

स्वदेशमा व्यावसायिक उत्पादन हुँदै आएको विविध जातका गोदावरी फूल बिरुवाको बिक्री वितरण गरिने छ । करिब ३५ हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको मेलामा रु ५० लाखको कारोबार हुने अपेक्षा गरिएको छ ।

himalayan life insurance
igi long