कात्तिक १२ गते मध्य भोटेकोशीको आइपीओ बाँडफाँट हुने
आइपीओ बिक्री बन्द हुँदासम्म यसमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको थियो ।

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओमा कात्तिक १२ गते शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार बिहान आइपीओ बाँडफाँट गरिनेछ ।
आइपीओ बिक्री बन्द हुँदासम्म यसमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको थियो । जुन सर्वसाधारणबाट माग गरिएको भन्दा ४.१९ गुणा बढी हो । यद्दपि, अन्तिम तथ्यांक भने फरक पर्नसक्छ ।
कम्पनीले गत असोज २० गतेबाट २५ गतेसम्म कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये ५५ अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४५ अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो ।