sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

मुख्यमन्त्रीकोे छिनोफानो आज

Nimb long ad
Prabhu Insurance Long Ad

हेटौँडा। अल्पमतमा पर्नुभएका बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लाग्नुभएको छ ।
मुख्यमन्त्री बनेको एक सातामा अल्पमतमा पर्नुभएका शाक्यले दुई महिनापछि प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नुभएको हो ।

मुख्यमन्त्री शाक्य अल्पमतमा परेसँगै गत असोज २४ गते विश्वासको मत प्राप्त गर्न प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गर्नुभएको थियो । प्रस्तावमाथि प्रदेश सभाको गत बिहीबारको बैठकमा मुख्यमन्त्री शाक्यले प्रदेश सभाका सदस्यहरूसँग आफ्नो पक्षमा विश्वासको मत दिन आग्रह गर्नुभएको थियो ।

गठबन्धनका दलहरू नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी)  र जनता समाजवादी पार्टी नेपालका नेताहरूले विश्वासको मतको विपक्षमा मतदान गर्ने बताउँदै राजीनामा दिएर मार्ग प्रशस्त गर्न र सहजरूपमा सत्ता हस्तान्तरण गर्न आग्रह गर्नुभएको थियो ।

प्रदेश सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाको बुधबारको बैठकमा विश्वासको मतसम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढ्ने बताउनु भएको छ । बुधबारको बैठकमा मुख्यमन्त्रीले विश्वासको मतका लागि पेस गर्नुभएको प्रस्तावको पक्षमा प्रदेश सभाका सदस्यहरूले बोल्न चाहेमा समय दिइने भएको छ ।

प्रस्तावको विपक्षमा बोल्नुभएका प्रदेश सभाका सदस्यहरूको प्रश्नको मुख्यमन्त्री शाक्यले जवाफ दिने बताउँदै प्रदेश सभा सचिवालयका प्रवक्ता विनोद अमात्यले दस्तखत सहितको मत विभाजनसम्बन्धी कार्यविधि २०७८ प्रदेश सभाबाट पारित भएपछि मतदान प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो । कार्यविधि तयार गर्न गठित उपसमितिले कार्यविधि सभामुख श्रेष्ठलाई बुझाउन बाँकी छ ।

प्रदेश सभामा सरकार गठनका लागि स्पष्ट बहुमत रहेको नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा गत भदौ २ गते सर्वसम्मतिमा चयन भएसँगै शाक्य मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

प्रदेश सभामा सभामुखसहित ५६ प्रदेश सभा सदस्य रहेको एमालेबाट बागमती प्रदेशको मन्त्री नियुक्त भएर पद तथा गोपनीयताको शपथग्रहण गरेको एक सातामा प्रदेशका तत्कालीन सामाजिक विकास मन्त्री कृष्णप्रसाद शर्मा खनालले एमाले विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गरेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा पर्नुभएको थियो ।

प्रदेश सभाका सदस्य रहेको एमालेका १३ जना प्रदेश सभाका सदस्यले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) रोजेसँगै एमाले सभामुखसहित ४३ सदस्यमा सीमित बन्दै प्रदेश सभामा बहुमत गुमाएको छ । हाल १०९ प्रदेश सभा सदस्य कायम रहेको प्रदेश सभामा बहुमतका लागि ५५ जना सदस्य आवश्यक हुन्छ ।

मुख्यमन्त्री शाक्यलाई प्रदेश सभामा रहेका साना दलहरूले समर्थन गरे पनि विश्वास मतको प्रस्तावको पक्षमा बहुमत पुग्ने देखिँदैन ।

गठबन्धनबाट आगामी मुख्यमन्त्रीमा प्रस्तावित नेकपा(एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीविरुद्ध ५९ जनाको हस्ताक्षर सङ्कलन भइसकेको बताउनुभएको छ ।
प्रदेश सभामा एमालेको ४३ जना, माओवादी केन्द्रको २३, काँग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई–दुई जना तथा जनता समाजवादी पार्टी नेपालका एक जना प्रदेश सभाका सदस्य रहेका छन् । आजको गोरखापत्र दैनिकबाट

prabhu bank
nawakantipur long