sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

नेपालको राष्ट्रिय सुरक्षा खतरामा १११अफगानिस्तानका ११ तालिवान नेपाल आए

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। लुकिछिपि नेपाल आएका अफगानिस्तानका ११ जना तालिवानहरूलाई प्रहरीले आज पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले आज बिहान सिनामंगलको एक घरबाट उनीहरुलाई पक्राउ गरेको डिआईजी धिरजप्रताप सिंहले जानकारी दिएका छन ।

पक्राउ परेका मध्ये ६ जनासँग भारतको आधार कार्ड समेत बरामद भएको सिआईबीले जनाएको छ । बरामद भएको भारतको आधार कार्ड नक्कली भएको प्रहरीको भनाइ रहेको छ । तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता सम्हालेपछि उनीहरु भागेर भारत हुँदै नेपाल प्रवेश गरेको प्रहरीको आशंका छ।

यधपी उनीहरू भारतमा आतंक फैलाउन आएका तालिवानी हुन वा अफगानिस्तान भागेका शरणार्थी नागरिक हुन सिविआईले अनुसन्धान गरिरहेको छ। । उनीहरु रुपन्देहीको नेपाल–भारत सिमाना बेलहिया नाका हुँदै नेपाल प्रवेश गरेको पाइएको छ ।

त्यहाँ रहेका सिभिल सुरक्षाकर्मी, अध्यागमन कार्यालय कसैले पनि अफगानिस्तान नागरिक भएको पत्ता लगाउन सकेनन। भैरहवादेखि काठमाडौंसम्म दर्जनौं ठाउँमा सिभिल र ड्रेसमा चारवटै निकायका सुरक्षाकर्मी चौविसै घण्टा खटिएका हुन्छन।

उनीहरूले अफगानिस्तान नागरिकलाई नेपाल आउन कुनै रोकतोक गरेनन। भैरहवा नाकादेखि नै नेपाली सेना,सशस्त्र प्रहरी बल,नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सिभिल सुरक्षाकर्मी निगरानीमा तैनाथ हुन्छन। अहिले चारवटै सुरक्षा निकायका सिभिल सुरक्षाकर्मी पालिका पिच्छे निगरानीमा खटिएका छन।

तर तिनिहरूले अफगानिस्तान नागरिकलाई पहिचान नगर्नु भनेको नेपालको राष्ट्रिय सुरक्षा प्रणाली फेल हुनु हो,सिभिल सुरक्षाकर्मीको निगरानी प्रणाली कमजोर र असफल हुनु हो। नेपाल आएका अफगानिस्तान नागरिकलाई सिभिल ड्रेसका सिआईडिहरूले ३ सय किमि दुरी पार गरेर काठमाडौं भित्रिदा समेत पहिचान गरि समात्न सकेनन।

नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलिय गठबन्धन सरकार बनेपछि सरकारको फितलो निर्देशनको कारण सिभिल निगरानी गर्ने चारवटै सुरक्षा निकायका सिआईडिहरू सुतेर बसेका छन। सरकारको आँखा,नाक,कान मानिएको राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश प्रसाद अधिकारी आगामी पौष ९ गते तीन वर्षे कार्यकाल समाप्त गरि अनिवार्य अवकासमा जाने हुँदा नेकपा (एमाले) कार्यकर्ता रहेका उनले कांग्रेसको शेर बहादुर देउवा सरकारलाई असहयोग गरि रहेका छन।

उनले भारतीय खुफिया संस्था ‘रअ’ र वेलायती जासुसी संस्था ‘एम १६’ लाई सुचना बिक्रि गर्दै आएको पुर्व अनुसन्धान निर्देशक लक्ष्मण गुरूङ निकट स्रोतले बताएको छ। भष्ट र डवल एजेन्टको आरोप लाग्दै आएका अधिकारीले कांग्रेस विरोधी अनुसन्धान निर्देशक सुनिल ढकाललाई प्रशासन र कुलदीप थापालाई अभियान महाशाखा (कन्ट्रोल) को जिम्मा दिएर यो सरकारलाई पुरै असहयोग गर्दै आएका छन।

विभागका अतिरिक्त अनुसन्धान निर्देशक यदुलाल खरेल र यादव रेग्मी मात्र होइन अनुसन्धान निर्देशक मधु कार्कीलाई समेत अधिकार नदिई आफैमा सम्पुर्ण अधिकार निहित गरेर वार्षिक २ करोड सुराकी खर्चमा अनियमितता गर्दै आएको केही महिना अगाडि कन्ट्रोलबाट लखेटिएका अनुसन्धान निर्देशक थापा निकट स्रोतले बतायो। भष्ट र शंकास्पद अधिकारीले भावी चिफका दावेदार ओमराज जोशी, हरिहर पौडेललाई उपत्यका बाहिर लखेटिरहेका छन।

No description available.

prabhu bank
nawakantipur long