stcnepal long ad
ime life insurance
national life
global ime bank long

दूध ढुवानी गर्ने सवारी साधनलाई छुट्टै ‘लोगो’

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

मोरङ, । कृषक एवं दुग्ध सहकारी संस्थाले दूध ढुवानीका लागि उपलव्ध हुने प्रतीक चिह्न (लोगो) सहज हुने सरोकारावालाले बताएका छन् । बन्द, हड्ताल, बन्दाबन्दी लगायतको अवस्थामा दूध ढुवानी अत्यावश्यक वस्तुमा परेपनि विभिन्न बहानामा रोकावट भइरहेकोमा लोगोको प्रयोगबाट समस्या निराकरण हुने विचार सरोकारवालाले व्यक्त गरेका छन् ।

अनावश्यक रोकावटका कारण दूधमा निकै क्षति हुनाले राष्ट्रिय दुग्ध विकास बोर्डले दूध ढुवानी गर्ने गाडीलाई कसैले रोक्न नसक्ने गरी पहिचानका लागि प्रतीक चिह्न (लोगो) तयार गरी ढुवानी साधनमा प्रगोग गर्न सुरु गरेको छ ।

दूध ढुवानी गर्ने गाडीको छुट्टै पहिचान नभएकाले बिना कारण विभिन्न ठाउँमा रोकावट हुने गरेको र त्यसले गर्दा दूध समयमा नपुग्दा बिग्रिने र क्षति हुने गरेको छ ।

दुग्ध विकास संस्थान एवं दुग्ध उद्योग व्यवसायीलाई सहजरुपमा दूध ढुवानी गर्ने सवारी साधनलाई लोगो लगाउने कार्यबाट किसानलाई आर्थिक रुपमा समृद्धि कायम हुनुका साथै मुलुकमा रोजगारी समेत वृद्धि हुने सहभागीले धारणा राख्नुभएको छ ।

दूध बोकेका सवारी साधनलाई निर्वाधरुपमा आवत–जावतमा सहज होस् भत्रे उद्देश्यले राष्ट्रिय दुग्ध विकास बोर्डले विराटनगर दुग्ध वितरण आयोजना र अन्य दुग्ध उद्योगका २९ वटा दूध ढुवानी गर्ने सावारी साधनमा प्रतीक चिह्न (लोगो) टाँस गरिएको छ ।

विकास बोर्ड ललितपुरद्वारा दूध तथा ढुवानी गर्ने सवारी साधनमा प्रयोग गर्ने प्रतीक चिह्न (लोगो)  को प्रचार–प्रसारका लागि प्रदेशस्तरीय सरोकारवाला निकायबीच शुक्रबार आयोजित अन्तक्रियामा सहभागीले लोगोको कारणले किसानले बिना अवरोध ल्याएको दूध समयमा पुग्ने र गुणस्तरीय दूध उपभोक्ताले प्राप्त गर्न सहज हुने बताए ।

संस्थानका गाडीमा प्रदेश नं १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा रामनन्दन तिवारी तथा बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले संयुक्तरुपमा लोगो लगाउनुभएको थियो । सचिव तिवारीले किसानले उत्पादन गरेको दूधलाई संस्थानसम्म पु¥याउन लोगोले आवश्यक सहयोग पुग्ने र यस्ता सवारी साधनलाई निर्वाधरुपमा सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो ।

बोर्डका अध्यक्ष विदुर राई, डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहाल, बोर्डका निर्देशक डा. राजेन्द्रप्रसाद यादव, विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख गणेश यादव लगायतले सरकार दूध उत्पादन गर्ने कृषकका सम्बन्धमा संवेदनशील रहेको र उनीहरुको आर्थिकरुपमा समृद्धि कायम गर्ने कार्य गरिरहेको जानकारी दिनुभयो ।

दूध उत्पादन किसानले आफूहरुले उत्पादन गरेको दूधले उचित मूल्य पाउनुपर्नेमा जोड दिएका थिए । संस्थानको काठमाडौँमा सञ्चालित सबै दूध बोक्ने गाडीमा लोगो लगाइसकिएको जानकारी गराइएको थियो ।

नेपाल सरकारले दुग्ध उत्पादन बोक्न सवारी साधनलाई सहज आवतजावतका लागि विसं २०७८ चैत १२ मा लोगो काठमाडौँमा सार्वजनिक गरिएको हो । गोष्ठीमा प्रदेशका एक सय दुग्ध सहकारी एवं किसानको सहभागिता थियो ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari