citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

गायक राजेश कुँवरको नयाँ एवं दोस्रो गीत सार्वजनिक

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । गायक राजेश कुँवरको नयाँ एवं दोस्रो गीत सार्वजनिक भएको छ । पहिलो गीत सार्वजनिक गरेको एक वर्षपछि कुँवरले ‘बरि लै’बोलको गीत सार्वजनिक गरेका हुन् । चन्द्र चौधरीको शब्द, संगीत र संयोजन रहेको गीत अकोस्टिक नेपाल स्टुडियोमा रेकर्ड भएको हो ।

मायाप्रेमका भाव समेटिएको गीतको भिडियो पनि राम्रो बनेको छ । ललितपुरको गोदावरीमा छायांकन भएको भिडियोमा मानसी तामाङ, निकेश ढकाल, सागर लामा लगायतका नवकलाकारहरूको अभिनय छ ।

अनिल गुरुङको सिनेम्याटोग्राफी रहेको भिडियोलाई विराज तामाङले सम्पादन गरेका हुन् । म्युजिक भिडियोलाई अञ्जिल गुरुङले निर्देशन गरेका हुन् ।

गतवर्ष गायक कुँवरले चर्चित गायिका मेलिना गुरुङसँग ‘सिङ्गापुरे सारी’ बोलको गीतमा आवाज दिएका थिए । गीतमा सुनिल क्षेत्री गायतका कलाकारहरूको अभिनय रहेको थियो ।

gold
himalayan life insurance long ad