stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

विद्युत् प्राधिकरण रत्नपार्कका सुपरभाइजर २० हजार घुस रकमसहित पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल सोमबार, ३ चैत्र २०७६

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु २० हजार घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका इलेक्ट्रिकल सुपरभाइजर कैलाशप्रसाद दाहाललाई आज पक्राउ गरेको छ । नयाँ मिटरको क्षमता वृद्धिको लागि नियमानुसार राजश्व तिरी प्रक्रिाय अगाडि बढाउँदा समेत काम झन्झटिलो हुन्छ भन्दै दाहालले सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा आयोगको टोलीले सेवाग्राहीसँग २० हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । आयोगले उनलाई कार्यालयको सेवाग्राही फाँटबाटै पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । यस्तै आयोगले राम्चे आधारभूत विद्यालय मराङ म्याग्दीका शिक्षक छोटेलाल ठाकुरको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

prabhu mahalaxmi
kumari