citizens life insurance long ad
stcnepal long ad

मेलम्चीको भविष्य अन्धकारमा !

तुहिने भयो मेलम्चीको पानी खाने सपना

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गत साउन १७ गते आइतबार मेलम्ची नदीमा आएको लेदोसहितको बाढीले मेलम्ची इन्टेकमा थप क्षति पुर्‍याएपछि मेलम्ची खानेपानी आयोजना अनिश्चित भएको छ । गत सोमबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको छलफलमा खानेपानी तथा सरसफाइ मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले आयोजनाको हेडवर्क्स (मुहान क्षेत्र) क्षेत्र बाढीले बगाएर ल्याएको ढुंगा, माटो र बालुवाले पुरेकाले आयोजना अनिश्चित भएको बताएकी थिइन ।

गत असार १ गते आएको बाढीले हेडवर्क्समा क्षति पुर्‍याएपछि मेलम्ची खानेपानी विकास समितिले सडक विभाग र नेपाली सेनाले सघाएमा २०७८ माघ–फागुनसम्म इन्टेक पुग्ने पहुँच सडक निर्माण गरि पुरिएको इन्टेकको माटो सफा गरि इन्टेकको मर्मत सम्भार गरि फेरि काठमाडौंमा पानी ल्याउन सकिने प्रारम्भिक निष्कर्ष निकालेको थियो र मनसुन सकिएपछि आगामी असोज महिनादेखि साइडमा पहुँच सडक निर्माण गर्ने योजना पनि बनाएको थियो ।

असार १ को बाढीपछि आयोजना पुनर्स्थापित गर्ने कार्ययोजना बनिरहँदा साउन १७ गते आइतबारदेखि थप लेदोसहितको बाढी आएपछि आयोजनाको भविष्यबारे थप आशंका उब्जिएको छ।

अस्तिको बाढीले झन् निराश बनायो । अस्तिको बाढीअघि माघसम्म अस्थायी रुपमा भए पनि पानी ल्याउन सकिन्छ भन्ने थियो । खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले भनिन( ‘अब त्यो माघसम्म काम गर्न सक्छौं कि सक्दैनौं भन्ने भएको छ ।’ बाढीले आयोजनाको सुरुङ जोगिए पनि बाँधसहितका बाहिरी संरचना ढुंगा, गिट्टी, बालुवा र माटो लेदाले पुरिएका छन् । आयोजनाको संरचनामाथि नै खोला बगिरहेको छ ।

पछिल्लो पटकको बाढीले तत्काल आयोजना स्थलमा गएर काम गर्न नसकिने देखिएपछि सरकार नै आयोजनाको भविष्यप्रति अन्योलमा छाएको छ । सचिव बज्राचार्यका अनुसार माथिल्लो तटीय क्षेत्रको भौगर्भिक अवस्थामा आधारमा विज्ञ टोलीले मेलम्ची आयोजनामा पनि समस्या पर्न सक्ने बताएका छन् । २१ वर्षदेखिको प्रयास गरिएको मेलम्ची खानेपानी आयोजना के हुने भन्ने यकीन छैन। सचिव बज्राचार्यले भनिन्, ‘आयोजना भन्दा माथिको तटीय क्षेत्रको भौगर्भिक अवस्थाबारे एसियाली विकास बैंक ९एडिबी०लाई पनि पत्राचार गरेर दीर्घकालीन अध्ययन गरिदिनुस् भनेका छौँ । मेलम्ची आयोजना अनिश्चित भए पनि जसरी पनि बचाउनुपर्ने बताएकी छिन् ।

केही घण्टाअघि सुरुङ बन्द गर्दा ठूलो दुर्घटनाबाट बच्यो मेलम्ची आयोजना
सरुङसहितका संरचनाभन्दा माथि नदी बगेको छ। बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा करीब १ अर्ब ८८ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान छ ।

तर, त्योभन्दा ठूलो धक्का भने मुहान क्षेत्र पुरिँदा लागेको छ ।आयोजनाका एक प्राविधिकका अनुसार मेलम्ची आयोजनाको सुरुङमा पानी हाल्न सानोतिनो प्रयासले सम्भव छैन । बाढी, पहिरोको जोखिमका कारण वर्षायामभरि आयोजनाको हेडवर्क्स क्षेत्रमा जानै नसक्ने अवस्था रहेको छ । आयोजनाको हेडवर्क्स क्षेत्रमा पुग्ने पहुँच सडक समेत बाढीले बगाएको छ ।

पहिलेको नदीको सतहमा आधारित भएर सुरुङ, हेडवक्र्स र बाँध बनाइएको छ। ती प्राविधिकका अनुसार अहिले नदी पुरिएर सतह १० देखि १५ मिटरसम्म माथि आएको छ ।

बाढीले पुरिएको भाग सहजै पन्छाउन नसकिने र पन्छाए पनि यसअघि बनेका संरचना काम लाग्छ कि लाग्दैन भन्ने टुंगो छैन । नदीको सतह धेरै अग्लो र सुरुङसहितका अन्य संरचना होचो हुँदा प्राविधिक समस्या आउनसक्ने देखिन्छ ।

जसोतसो मिलाएर पानी हालेपनि मेलम्चीमा जुनसुकै बेला लेदोसहितको बाढी आउनसक्ने भएकाले नदीको पानी सिधै सुरुङमा हाल्दा झन् ठुलो क्षति हुन सक्छ । यसअघि मुख्य बाँध नबन्दासम्मका लागि भन्दै अस्थायी बाँध बाँधेरै नदीबाट पानीलाई सिधै सुरुङमा हालिएको थियो । त्यसरी ल्याएको पानी काठमाडौं उपत्यकामा करिब दुई महिना वितरण गरिएको थियो ।

स्थायी बाँध र बालुवा छान्ने संयन्त्र बनाइसकेर सुरुङ परीक्षणका लागि २ महिनाका लागि सुरुङको ढोका बन्द गरेकै दिन असार १ गते ठूलो बाढी आएको थियो ।

अब पनि अस्थायी बाँध बाँधेर पानी सिधै सुरुङमा हाल्दा जुनसुकै बेला बाढी आएर सुरुङ नै ‘कोल्याप्स’ हुने जोखिम छ । अब हिउँदमै पनि मेलम्चीको किनारमा हरेको हेडवक्र्समा काम गर्न चुनौती छ । वर्षाभरि त काम सुरु गर्ने कल्पना नै गर्न नसकिने अवस्था छ।

IME Life
kumari