citizens life insurance long ad
stcnepal long ad

कोरोना महामारी फेरि बढयो,अस्पतालका वेड भरिन थाले 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारी अस्पताल भर्ना हुने बिरामी पनि बढेका छन् । निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा कडाई नहुँदा केही दिनयता दिनहुँजसो अस्पतालमा कोरोना बिरामीको चाप बढेको छ ।

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल), शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, पाटन अस्पताल, शिक्षण अस्पताल लगायतका सरकारी अस्पतालमा बिरामीको संख्या दिनानुदिन बढ्दै गइरहेको छ ।

दैनिक संक्रमित बढेपछि कोभिड–१९ उपचारका लागि छुट्याइएका सघन उपचारकक्ष (आइसीयु) , हाइडिपेन्डेन्सी युनिट (एचडीयु), भेन्टिलेटर र साधारण शैय्या भरिएका छन् । सशस्त्र प्रहरी बल अस्पतालमा पनि सबै वेड भरिएका छन्।

११ दिन यतादेखि बिरामीको संख्या बढ्दै गएपछि वेड भरिएका छन् । संक्रमितहरु आउने क्रम बढेकाले सशस्त्र प्रहरी अस्पतालसँग भएका २०० वेड भरिने अवस्थामा पुगेको छ। अहिले बिरामी पनि पहिलेका जस्तै श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने समस्या रहेको पाइएका छन ।

सशस्त्र प्रहरी अस्पतालको आइसीयूमा २०, एचडीयूमा ५० र साधारण वेडमा १ सय ३० जना बिरामी रहेका छन् । अहिले संक्रमणको दोस्रो लहर चलिरहेको छ । दोस्रो लहर गत चैतबाट सुरु भएको थियो । दोस्रो लहरमा धेरै बिरामी बढेका थिए ।

दोस्रो लहरमा संक्रमितलाई ज्वरो आउने, निमोनिया हुने, श्वासप्रश्वासमा समस्या आउनेजस्ता समस्या देखिएको थियो । संक्रमणको दोस्रो लहर गत वैशाख अन्तिम सातामा उच्च विन्दुमा पुगेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुला राखेर जनस्वास्थ्यका मापदण्ड लागू नगरेमा असोज १५ पछि संक्रमणको तेस्रो लहर आउने चेतावनी दिइएको छ ।

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालमा पनि विगत दुई हप्तादेखि संक्रमितको संख्या बढ्दै गएको छ । निषेधाज्ञा खुकुलो भएको, भीडभाड बढेको र जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा बिरामी बढ्दै गएको देखिन्छ।

यस अस्पतालमा अहिले करिव १०० बिरामी रहेका छन् । तीमध्ये ३५ जना आइसीयू र ४ जना भेन्टिलेटर र अन्य साधारण वेडमा रहेका छन् । संक्रमित बढ्ने जोखिमलाई ध्यानमा राखेर यस अस्पतालले एक हजार वेड थप्न तयारी अवस्थामा राखेको छ । यहाँ एक सय आइसीयू र १०० भेन्टिलेटर रहेका छन् ।

संक्रमणको रोकथाम र नियन्त्रणका लागि अस्पतालमा २० टनको तरल अक्सिजन र दुईवटा अक्सिजन प्लान्ट जोडिएको छ । यस्तै थप एकवटा अक्सिजनको प्लान्ट जोड्ने तयारीमा अस्पताल प्रशासन रहेको छ ।

शुक्रराज अस्पतालका निर्देशक डा।अनुप बाँस्तोलाले निषेधाज्ञा खुलेसँगै बिरामी बढ्दै गएको बताएका छन्। यश अस्पतालमा अहिले २२ जना आइसीयू, २० भेन्टिलेटर र ३५ जना कोभिड–१९ वेडमा रहेका छन् ।

यस्तै पाटन अस्पतालका कोभिड–१९ सम्पर्क व्यक्ति डा।आशिष श्रेष्ठका अनुसार कूल १ सय ५१ बिरामीमध्ये २१ आइसीयूमा र १० भेन्टिलेटरमा रहेका छन् । यस्तै विगत २४ घण्टामा पाटन अस्पतालमा २२ संक्रमित भर्ना भएका छन् । पाटनमा ३० आइसीयू, १५ भेन्टिलेटर वेड रहेका छन् ।

काठमाडौँ उपत्यकामा ८ हजार ८ सय ९५ सक्रिय संक्रमित रहेका छन् । देशभरि १ सय ५७ अस्पताल कोभिड–१९ का लागि सूचीकृत गरिएका छन् । ती अस्पतालमा २ हजार ६०० आइसीयू रहेका र ६ सय ३० थप गर्ने प्रक्रियामा छन् ।

यस्तै ९०० भेन्टिलेटर र २ हजार ७५ हाइकेयर वेड रहेका छन् । उपत्यकाका सरकारी अस्पतालमा ३ सय ११ आइसीयू र १ सय ३९ भेन्टिलेटर र साधारणसँगै एचडीयू २ हजार ६६ वेड रहेका छन् ।

देशभरिमा ६ सय ९० जना आइसीयु र १ सय ७५ भेन्टिलेटर, ३ हजार २ सय २४ जना संस्थागत आइसोलेशन र २८ हजार ४ सय ५ जना होम आइसोलेसनमा रहेका छन् ।

त्रिवि शिक्षण अस्पतालमा पनि कोरोना वेड भरिन थालेका छन । यश अस्पतालमा अहिले १ सय २२ जना संक्रमित बिरामी उपचाररत रहेका छन । तीमध्ये ९१ जना साधारण वेडमा, अक्सिजन दिएर आइसीयूमा ११ र भेन्टिलेटरमा १८ र दुई जना आकस्मिक सेवामा उपचार गराइरहेका छन् ।

बिरामी आउन थालेकाले अब २२ वटा साधारण वेड र एक वटा मात्र आइसीयू वेड खाली रहेकाले महामारी बढेमा उपचारमा कठिनाइ हुन जानेछ । अस्पतालमा १ सय ४५ वेड कोभिड–१९ का संक्रमितका लागि छुट्याइएको छ । त्रिवि शिक्षण अस्पतालमा पाँच एचडीयु र २२ आइसीयू बालबालिकाका लागि छुट्याइएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भीडभाड बढेकाले संक्रमितसँगै बिरामी पनि बढेको बताएका छन । अहिले केही दिनयता समाजमा संक्रमण बढेका पाइएको छ। संक्रमितहरु दिनप्रतिदिन बढेका छन् । निषेधाज्ञा खुकुलो भए पनि सबैले जनस्वास्थ्यका मापदण्ड लागू गर्न आग्रह गरेका छन्।

IME Life
kumari