citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सराङ्गकोटमा धार्मिक पर्यटन गुरुयोजना निर्माण अन्तिम चरणमा

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

पोखरा ।  प्रमुख धार्मिक पर्यटन क्षेत्रको रुपमा स्थापित सराङ्गकोट क्षेत्रमा निर्माण सुरु गर्न लागिएको बृहत गुरुयोजना कार्यको सुरुवात भएको छ ।

विशेषत धार्मिक पर्यटन क्षेत्रको प्रमुख आकर्षण केन्द्र सराङ्गकोटमा सूर्योदयद दर्शन, बुद्ध मन्दिर दृश्यावलोकन भ्यूटावर, बृहत शिवमन्दिर पार्क, १०८ शिवलिङ्गदर्शन, पार्क निर्माण कार्य अघि बढाईएको समितिका अध्यक्ष प्रेम बहादुर जिसिले बताउनुभयो । वि.संं. २०६२ मा अग्रज समाजसेवी स्व. लोकबहादुर थापाको नेतृत्वमा सुरु गरिएको योजनाले हाल ५६ रोपनी जग्गामा गुरुयोजनाको आवश्यक पूर्वाधार निर्माण कार्यको थालनी गरिएको हो ।

आउँदो शिवरात्रीसम्म कार्य सम्पन्न लक्ष्यसहित हालसम्म २५ करोड लगानी गरिएको र सो को लागी विभिन्न ठाउँमा महायज्ञ गरिएको र हाल स्थानीय, महानगर र प्रदेश सहितका दाताहरुको सहयोगमा निर्माण अघि बढाईएको कोषाध्यक्ष शिव तिमिल्सिनाले बताए ।

समितिकै मातहतमा विशालबुद्ध मन्दिर निर्माण गर्न अग्रज समाजसेवी आरदी विष्टले रु। १५ करोड उपलब्ध गराउने प्रतिबद्धता गरिएपनि जग्गा एकीन गर्न नसक्दा अपुरै रहेको छ ।

केही स्थानीयको बुझाईमा समस्या हुँदा विष्ठद्वारा शिवमन्दिरलाई दिने रु। १ करोड समेत रोकिएको छ । अग्रज समाजसेवी स्व. सूर्यबहादुर केसीद्वारा प्रतिबद्धता गरिएको मुख्य मन्दिरका मूर्तिहरुलाई खरीद प्रक्रिया सुरु गरिएको र सो का लागी स्व केसी परिवारले भाष्कर पण्डित कमलनयन गौतमको नेतृत्वमा समितिका प्रेमबहादुर जिसि र कृष्णबहादुर थापालाई जिम्मेवारी सहित प्रक्रिया अघि बढाईएको छ ।

विशेष गुरुयोजना अन्तर्गत समाजसेवी स्व। रामबहादुर थापाको परिवारबाट निर्माण गरिने गणेश मन्दिरको शिलान्यास गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले गर्नुभएको छ ।

सो कार्यक्रममा मन्त्री बरालले धार्मिक पर्यटन प्रवद्र्धनका लागी सराङ्गकोटको भूमिका महत्वपूर्ण रहेको भन्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।

पोखरा १८ का अध्यक्ष रणबहादुर थापाले धार्मिक पर्यटन पूर्वाधार निर्माणमा सबै एक हुनुपर्ने बताउनुभयो । समितिका अध्यक्ष प्रेम बहादुर जिसिको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष मिन बहादुर थापा, सचिव दिल बहादुर जिसि लगायतले निर्माणको बारेमा जानकारी गराएको थिए ।

मुख्यमन्दिरमा तामाको छानानिर्माण सहितकार्यको लागी सराङ्गकोटमा सुरु गरिन लागिएको अन्नपूर्ण केवलकारबाट समेत आवश्यक सहयोग गर्ने केवुलकारका अध्यक्ष कालु गुरुङ्गले प्रतिबद्धता सहित सराङ्गकोटलाई आकर्षक बनाउन सबैतहको एकतामा जोड समेत दिनुभएको छ ।

himalayan life insurance
igi long