stcnepal long ad
global ime bank long

माछापुच्छ्रे बैंकले विदेशबाट पैसा ल्याउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

माछापुच्छ्रे बैंकले नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्य पुँजी (तरलता) अभावको समस्यालाई मध्यनजर गर्दै दुबईस्थित माश्रिक बैंकबाट १० मिलियन अमेरिकी डलर अर्थात १ अर्बभन्दा बढी पैसा नेपाल ल्याउने भएको छ ।
गत आइतबार दुबईस्थित माश्रिक बैंकबाट नेपालमा रकम भित्रयाउने सम्बन्धी एक सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा माश्रिक बैंकको तर्फबाट नेपालका लागि प्रमुख देशीय प्रतिनिधि हेमा अधिकारीले हस्ताक्षर गरेका थिए । १० मिलियन अमेरिकी डलर अर्थात १ अर्बभन्दा बढी पैसा नेपाल ल्याउनको लागि नेपाल राष्ट्र बैंकमा समेत स्वीकृतिका लागि निवेदन पेस गरिएकाले नेपाल राष्ट्र बैंकको स्वीकृति लगत्तै बैंकले उक्त रकम नेपाल भित्रयाउने छ । नेपाल राष्ट्र बैंकले कुल प्राथमिक पुँजीको शतप्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था गरेको छ । यही व्यवस्थाअनुसार माछापुच्छ्रे बैंकले विदेशबाट पैसा ल्याउने प्रक्रिया थालेको बैंकले जनाएको छ ।

IME Lifesidebar
kumari