युथ फोर्स र अखिल फोर्स हटाओैं – योगेश भट्टराई
Interview with Nepal Communist Party (NCP) lawmaker Yogesh Bhattarai, in Kathmandu, on Thursday, January 10, 2019. Photo: Naresh Krishna Shrestha/THT
काठमाडौ । नेकपा(एमाले) का सचिव योगेश भट्टराईले युथफोर्स र अखिल फोर्स खारेज गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालसँग आग्रह गरेका छन।
भट्टराईले भनेका छन्–’ऐतिहासिक र गौरबशाली ईतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलन/ क्रान्तिको अग्रभागमा रहेर भूमिका खेलेका, हजारौ युवाहरुलाई राजनीतिकर बैचारिक शिक्षा मार्फत पार्टी र सामाजिक कामको नेत्रित्व गर्नसक्ने क्षमतामा पुर्याएका अनेरास्वबियू र युवासंघ जस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका युथ फोर्श र अखिल फोर्शको औचित्य के छ रु समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्द्त यस्ता बहुबली समुहहरु तत्काल खारेज गर्नु पर्दछ ।
अनेरास्वबियू र युवासंघ जस्ता संगठनलाई सहि नीति र नेत्रित्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसर गर्नु पर्दछ । के काम हुन्छन जो युवासंघ र अनेरास्वबियूले गर्न नसक्ने तर युथ फोर्श र अखिल फोर्शले मात्र गर्नसक्ने रु पञ्चायत अखिलले नै फाल्यो ।
२०४८ पछिको कांग्रेसको राज्य आतंकसँग अखिल नै लड्यो । माओवादीको १० बर्से हिंसाको प्रतिबाद यिनै अखिल र युवासंघले गरे । पार्टीभित्रका गुटहरुमा बैचारिक चरित्र सकिंदै जाँदा एक आर्काका बिरुद्ध बाहुबली जथ्था प्रयोग गर्न खोजेको हो रु यदि हो भने हामी आफ्नो र कम्युनिस्ट आन्दोलनको चिहान आँफैले खनिरहेको स्वीकार गर्नु पर्दछ ।
शान्तिपूर्ण र बैधानिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, कानुनी राज्यलाई स्वीकार गर्ने, फरकमतलाई फक्रदिने जस्ता बिशेषता सहितको बहुदलीय जनबादको सिद्धान्तलाई अनुसरण गरेको नेकपा एमालेका लागि यो सुहाउने काम होईन ।
तसर्थस् यस्ता गतिबिधिमाथि तत्काल रोक लगाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिस्ठ नेता माधवकुमार नेपाल समक्ष हार्दिक अनुरोध गर्दछु ।’
























