stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आजबाट नेपाल एयरलाइन्सको दोहा उडान रद्द

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल मंगलबार, २७ फागुन २०७६

काठमाडौं । कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनीकरण गर्न नेपाल एयरलाइन्सले कतारको दोहामा गर्दै आएको नियमित उडान हाललाई स्थगित गरेको छ ।

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला नेपाल सहित विभिन्न १४ मुलुकका नागरिकलाई कतार प्रवेशमा अस्थायी प्रतिवन्ध लगाएको हो ।

यससँगै नेपाल एयरलाइन्सले समेत मंगलबारबाट लागू हुने गरी दोहामा गर्दै आएको उडान रद्द गरेको हो । नेपालीहरु पनि हाललाई कतार प्रवेश गर्न नपाउने भएकाले दोहाको नियमित उडान हाललाई १० मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगित गर्नु परेको नेपाल एयरलाइन्सले जनाएको छ ।

नेपाल एयरलाइन्सका अनुसार २६ फागुन २०७६ र भन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने भएको छ ।

prabhu mahalaxmi
kumari