stcnepal long ad
global ime bank long

अब विकास बैंक मर्ज वा प्राप्ति गर्दा बाणिज्य बैंकलाई कुनै सुविधा नदिने राष्ट्र बैंकको तयारी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल मंगलबार, २७ फागुन २०७६

काठमाडौं । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरूको संख्या घटाउने उद्देश्यसहित बैंक तथा वित्तीय संस्थाहरू एक–आपसमा मर्जमा गएमा विभिन्न सहुलियत र सुविधाहरु दिने नीतिगत व्यवस्था गरेको छ । बिगतमा ३२ बाणिज्य बैंकहरुलाई १५ वटामा झार्ने लक्ष्य राष्ट्र बैंकको रहेकोमा विभिन्न मर्जपछि २७ बाट घट्न सकेको छैन् ।

विश्व बैंक, आईएमएफ लगायतको दवावमा गर्भनर डा. चिरञ्जीवी नेपालले मजै र एक्वायरको आक्रामक नीति लिएपनि बाणिज्य बैंकहरुले टेरपुच्छर लगायनन् । बरु राष्ट्र बैंकको सहुलियतको फाइदा उठाउँदै चुक्तापुँजी र मुनाफा बढाउँदै बलियो बनेका विकास बैंकहरू धमाधम वाणिज्य बैंकसँगै विलय तथा मर्ज हुन थालेका छन् । कतिपय विकास बैंक वाणिज्य बैंकसँग विलय भईसकेका छन् भने कतिपय मर्जरको प्रक्रियामा छन् । कुनै समय ९० को हाराहारीमा रहेका विकास बैंकहरु अहिले जम्मा २२ वटामा खुम्चिन पुगेका छन् ।

राष्ट्र बैंकको नीति अनुरुप वाणिज्य बैंकहरू एक–आपसमा मर्जरमा जान नमानेपछि वाणिज्य बैंकले विकास बैंकलाई प्राप्ति या मर्ज गर्ने नीति लिएर सुविधाको लाभ उठाउन थालेपछि केन्द्रिय बैंकले त्यस्तो सुविधा आईन्दा रोक्ने बारे पुर्नविचार गर्न थालेको छ । बाणिज्य बैंक घटाउने लक्ष्य पुरा नहुने तर विकास बैंकहरु आवश्कता भन्दा बढी घट्ने क्रम नरोकिएपछि राष्ट्र बैंक आगामी मौद्रिक नीतिमार्फत बाणिज्य बैंकले विकास बैंक वा फाइनान्स कम्पनीलाई मर्ज वा प्राप्ति गर्दा कुनै पनि सहुलियत नदिने बारे गम्भीर छलफल चलेको बताइएको छ ।

मर्ज वा प्राप्तिमा गएपछि बाणिज्य बैंकहरुले करमा छुट, उपत्यका बाहिर शाखा खोल्न सुविधा, प्राथमिक क्षेत्रमा विशेष सुविधा, कर्जा र निक्षेपबीचको ब्याजदरको अन्तर ४ दशमलव ४ प्रतिशत कायम गर्नु नपर्ने र ऋणपत्र जारीमा सुहलित लगायतका सुविधा पाउने गरेका छन् ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाको हकमा सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृत पदबाट हटेको कम्तीमा ६ महिना व्यतीत नभई अन्य संस्थामा सञ्चालक वा अन्य कुनैपनि हैसियतमा काम गर्न नपाउने प्रावधान छ । तर, मर्जरमा जानेलाई यस्तो निर्देशन लागू नहुने व्यवस्था छ । यही सुविधा र सहुलियत अब नदिने बारे राष्ट्र बैंकमा छलफल चलेको हो ।

अहिले यही सुविधा लिनका लागि मात्र चार विकास बैंकलाई वाणिज्य बैंकले गाभ्न लागेका छन् । मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गर्न लागेको छ भने सिटिजन्स बैंकले सहयोगी विकास बैंक, प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंक, एनएमबी बैंकले ओम विकास बैंकलाई गाभिसकेको छ भने कञ्चन डेभलपमेन्टलाई गाभ्ने प्रक्रिया अगाडि बढाएको छ ।

IME Lifesidebar
kumari