citizens life insurance long ad
stcnepal long ad

नेपालले १३ खर्ब ८३ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात,एक खर्ब २१ खर्ब रुपैयाँको निर्यात

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामै व्यापार घाटा १२ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार साउनदेखि जेठ महिनासम्म नेपालले १३ खर्ब ८३ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात गर्दा जम्मा एक खर्ब २१ खर्ब रुपैयाँको निर्यात गरेको छ ।

अघिल्लो वर्ष ११ महिनामा १० खर्बको व्यापार घाटा रहेकोमा यस वर्ष झण्डै २५ प्रतिशतले बढेर १२ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँ पुगेको हो । निर्यात झण्डै २६ प्रतिशतले बढेको छ भने आयात ३८ प्रतिशतले बढेको छ । कुल वैदेशिक व्यापार १५ खर्ब ५० अर्ब रुपैयाँ नाघेको छ ।

११ महिनामा सबैभन्दा धेरै एक खर्ब ३९ अर्ब रुपैयाँको फलाम र ९७ अर्ब रुपैयाँ भन्दा धेरैको विद्युतीय सामग्री आयात भएको छ । यस्तै ७९ अर्ब ४५ करोड रुपैयाँको डिजेल आयात भएको भने ४५ अर्ब ३९ करोड रुपैयाँको भटमासको कच्चा तेल आयात भएको छ ।

यस्तै ३१ अर्ब ४४ करोड रुपैयाँको औषधी र कच्चा पदार्थ, ५६ अर्ब ६६ करोड रुपैयाँको प्लास्टिकजन्य सामग्री, सात अर्ब १५ करोड रुपैयाँको काठ, १३ अर्ब रुपैयाँ भन्दा धेरैको कागज आयात भएको छ ।

यस्तै सरकारले कृषिजन्य वस्तुमा आत्मनिर्भर बन्ने भनेर वर्षौदेखि नारा लगाइरहे पनि ११ महिनामै ७४ अर्ब ६७ करोड रुपैयाँको खाद्यान्न मात्रै आयात गरेको छ । १८ अर्ब ८० करोड रुपैयाँको चिया, कफी र मसला, एक अर्ब ८२ करोड रुपैयाँको दुधजन्य पदार्थ, मह लगायत आयात भएको छ ।

IME Life
kumari