citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

जथाभाबी सडक खन्न आजदेखि नपाइने

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । जथाभाबी सडक खन्न आजदेखि नपाइने भएको छ । बर्खामा सडक खन्ने प्रवृत्ति बढेसँगै भदौ मसान्तसम्म यसलाई रोक लगाइएको सडक विभाग अन्तर्गतको सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले आज जनाएको छ । बर्खायाममा धारा, ढल, बिजुली र टेलिफोन प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी पुरानै अवस्थामा ल्याउन नसकिने भन्दै सडक खन्न रोक लगाइएको हो ।

नियम अटेर गर्दै कसैले सडक खनेको पाइए सार्वजनिक सडक ऐन २०३१ अनुसार कारबाही हुने पनि कार्यालयले जनाएको छ ।

अहिले सडक खन्दा तुरुन्तै कालोपत्र तथा मर्मत गर्न नसकिने हुँदा सडकको अवस्था थप बिग्रँदै जाने भएकाले खन्न रोक लगाइएको सडक विभागका प्रवक्ता एवं सूचना अधिकारी शिवप्रसाद नेपालले जानकारी दिनुभयो ।

प्रवक्ता एवं सूचना अधिकारी नेपालका अनुसार अहिले विस्तार भइरहेका सडकको कामलाई निरन्तरता दिन भने पाइन्छ । यस्तै, पहिल्यै स्वीकृति लिइसकेको मेलम्चीको पाइप बिछ्याउने र लिकेजको काम गर्न पनि पाइन्छ । तर, तर नयाँ सडक भने खन्न पाइँदैन । अत्यावश्यक नै परे सम्बन्धित निकायसँग अनुमति लिनुपर्दछ ।

himalayan life insurance
igi long