stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि फेरि सुनुवाइ हुँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा फेरि सुनुवाइ हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि पक्ष र विपक्षमा सर्वोच्च अदालतमा परेका ३० वटा मुद्दामा आजदेखि फेरि सुनुवाइ हुन थालेको हो ।

यसअघि नेकपाको एकता बदर गर्ने न्यायाधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठ संवैधानिक इजलासमा रहेको भन्दै वरिष्ठ अधिवक्ताले नै विरोध गरेपछि यो सुनुवाइ गएको १८ गतेदेखि रोकिएको थियो ।

नेकपा फुटाउने निर्णय गरेका दुई जना न्यायाधीशको उपस्थितलाई लिएर वरिष्ठ न्यायाधीशहरु दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले आफूहरु संवैधानिक इजलासमै नबस्ने जानकारी गराएपछि यो विषय झनै तात्तिएको थियो ।

वरिष्ठ अधिवक्ताहरुको विरोध र दुई जना वरिष्ठ न्यायाधीशले नै संवैधानिक इजलासमा नबस्ने भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने वचन दिनुभएको थियो ।

जबराले आज पुरानै इजलासलाई निरन्तरता दिनुहुन्छ या वरिष्ठ न्यायाधीश समेटेर नयाँ इजलास गठन गर्नुहुन्छ भन्ने विषयलाई महत्त्वका साथ हेरिएको छ ।

नयाँ इजलास गठनको लागि संवैधानिक इजलास कार्य सञ्‍चालन नियमावली नै संशोधन गर्ने तयारी भए पनि शुक्रवार बसेको न्यायाधीशहरुको पूर्ण बैठकले यसबारेमा कुनै निर्णय गरेको थिएन ।

IME Lifesidebar
kumari