citizens life insurance long ad
stcnepal long ad

संसद् विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। संसद् विघटनविरूद्ध परेका मुद्दामा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । शुक्रबार भएको सुनुवाइमा बहस नसकिएपछि आज पुनः सुनुवाइ हुने भएको हो ।

शुक्रबार ३ बजेसम्मका लागि सुनुवाइको तयारी गरिएको भए पनि कानुनविद् गोविन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएपछि आइतबारसम्मका लागि स्थगित गरिएको थियो ।

उनले बहस गर्नुअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई दुई टुक्रा हुने गरी फैलसा गर्ने न्यायाधीश बमकुमार श्रेष्ठको सहभागितालाई लिएर प्रश्न उठाएका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले व्यक्तिका बारेमा प्रश्न नउठाउन आग्रह गरेका थिए । इजलासले एउटा रिटमा बढीमा १० मिनेट बहस गर्न समय तोकेको छ । संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी ३० ओटा रिट दर्ता भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त नगरेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्चमा रिट दायर गरेका थिए । विपक्षी गठबन्धनले संसद पुनःस्थापनाको माग गर्दै रिट दायर गरेको थियो ।

IME Life
kumari