citizens life insurance long ad
stcnepal long ad

नेपाललाई चीनको सिछुवानका दुई संस्थाद्वारा पीपीई र मास्क प्रदान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाललाई स्वास्थ्य सामग्री चीनको सिछुवान प्रान्तका दुई संस्थाले उपलब्ध गराएको छ । यस प्रान्तको अन्तर्राष्ट्रिय जनमैत्री सङ्घ तथा छन्तु एआइडीआइ आँखा अस्पतालले एक लाख मास्क र एक हजार पीपीई छन्तुमा रहेको नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलाई शुक्रवार हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रमा महावाणिज्यदूत घिमिरेले कोभिड–१९ को महामारी विरुद्ध लड्न सहयोग पुग्ने सामग्री उपलब्ध गराएकामा धन्यवाद दिँदै भर्खर स्थापना भएको नेपाली नियोगले दुवै देशबीचको स्वास्थ्य क्षेत्रको सहकार्यलाई थप प्रवर्द्धन गर्ने विश्वास दिलाउनुभयो । यस्ता सहयोग आदान प्रदान कार्यले दुवै देशबीचको सम्बन्ध जनस्तरमा समेत सुदृढीकरणमा थप योगदान पुग्ने उहाँको भनाइ थियो ।

अस्पतालकी प्रमुख कार्यकारी अधिकृत चाङ् यौले आँखा उपचारको क्षेत्रमा अस्पतालले नेपालमा कयौँ परियोजना सञ्चालन गरेको जानकारी दिँदै अनुदानमा दिइएका सामग्री कोरोनाविरुद्धको लडाइँमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यस अवसरमा जनमैत्री सङ्घका महासचिव सियाङ छियोङह्वा, वाणिज्यदूत रीचा भट्टराई, छन्तु नगरपालिका स्वास्थ्य परिषद्की शन तान तथा अस्पतालका अन्य पदाधिकारीको सहभागिता रहेको महावाणिज्य दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस

IME Life
kumari