stcnepal long ad
dftqc long ad
prabhu bank long ad

काेराेना महामारी र आजको आवश्यकता महामारीवाट आम नागरिकको जीवन कसरी सुरक्षित बनाउने ?

civilbank long ad

–नराेत्तम सुवेदी

सकारात्मक सोचका साथ एकिकृत प्रयास, सरकारी, गैर सरकारी तथा सामाजिक/राजनैतिक अगुवाको संयुक्त सहभागिता एवम् परिचालन गर्न सकिएमात्र काेराेना महामारीबाट आम नागरिकको जीवन सुरक्षित गर्न सकिन्छ । कोभिड -१९ को दोश्रो लहर पश्चात जनधनको धेरै क्षति भई रहेको पाईन्छ ।

यस्तो बिकराल अवस्था आउला भनि कसैले पूर्व अनुमान गर्न नसकेको र पहिलो चरण जस्तै सामन्य प्रकारको होला भनि आम नागरिक र सरकारी संयन्त्रको धारणा पाईएको कारण हामी सवैले फरक र जटिल किसिमको परिस्थती अनुभूति गरि रहेका छौं। यसमा कसैलाई दोषारोपण गर्नु पर्ने अवस्था छैन, हामी सवै दोषी हुन सक्द्छौं । हाम्रो भूमिका पनि महामारीलाई नियन्त्रण गर्नु भन्दा बढावा दिने खालकाे हुन सक्द्छ, आत्म मुल्यांकन गरौं ।

हामी सवै शुरुमा लापरवाहीका साथ भोज भतेर, बिहेवारी तथा जोखीम युक्त क्षेत्रवाट आए पनि स्वतन्त्र पूर्वक गाउँ टोलमा घुम्यौं, परिवारलाई राेग सारयौं, रुघा खोकीलाई सीजनल ज्वरो भनि ढाँटी सवै कार्यक्रमामा सहाभागी भयौं, बजार तथा चोक चौराहामा गफ हान्यौ जसको कारण समाजमा ब्यापकरुपमा संक्रमण फैलियो। महामारीले जात-पात, धनि-गरीव तथा सरकारी/गैर सरकारी भनि विभेद गर्दैन।

जसको फलस्वरुप समाजमा कथित विशिष्ट योगदान पुर्याउने ब्यक्ति देखि सामान्य मजदूरी गर्ने महान मानिसलाई समेत आफ्नो चपेटमा लिई सकेको अवस्था रहेको छ। मानवीय क्षति अपुरणीय क्षति हो, पीडित परिवारले मात्र अनुभूति गर्न सक्दछ। बाँकी सवैले औपचारिक सहानुभूति दिने हो जुन सभ्य समाजको लागि आवश्यक पनि छ। महामारी नियन्त्रण राज्यको प्रमुख दायित्व हो तर सामूहिक प्रयास यसको प्रमूख हतियार हो।

यस कठिन परिस्थितीमा कमी कमजोरी औल्याएर बस्नु भन्दा सच्याएर अगाडि बढनु नै बुद्धिमानी हुनेछ। हामीले के गर्दा राम्रो हुन्थ्यो ? महामारीवाट हुन सक्ने क्षतिको पुर्वानुमान तथा संक्रमण नियन्त्रणको लागि प्रभावकारी तयारी र त्रुटी रहितरुपमा कार्यान्वयन गर्ने संयन्त्रको बिकास गर्नु पर्दछ।

कसरी अनुमान लगाउनु पर्ने र के गर्नु पर्दथ्यो ?

१),छिमेकी मुलुक भारत लगायत तेस्रो मुलुकमा काेराेना प्रकाेप भयावह अवस्थामा रहेको र ति देशहरु हामी भन्दा श्रोत साधन,बुद्वि,विवेक र व्यवस्थापन क्षमताले सम्पन्न हुँदाहुँदै पनि आक्सीजन,अस्पताल,वेड,ओैंषधी,इक्विपमेन्ट लगायतको समस्यावाट आक्रान्त देखिए र मानवीय क्षति रोक्न नसकेको अवस्थाको सही विश्लेषण गर्नु पर्ने।

२, छिमेकी देशमा संक्रमणको दर उच्च रहदा त्यहाँ रहेका नेपाली दाजुभाई तथा दिदी बहिनीहरु फर्किन सक्द्छन सम्भवतः संक्रमति भई फर्किन सक्द्छन र उनीहरुको स्वास्थ्य परीक्षण र १० दिन सम्मको क्बारेन्टाइन ब्यवस्थापन नगरिकन् गाउँ शहरमा जान छुट दिदा संक्रमण व्यापकरुपमा फैलिन सक्दछ भन्ने कुराको जिम्मेवारी पूर्वक विश्लेषण गर्न नसकिएको।

३, स्वास्थ्य संस्थाको क्षमता विस्तार,चिकित्सक,नर्स,अन्य स्वास्थ्यकर्मीकाे दरबन्दी बृद्वि,अस्पतालमा भेन्टिलेटर,आईसियुवेडकाे बृद्वि तथा अक्सिजन लगायतको स्वास्थ्य उपकरणको समयमै जोहो गर्न नसकेको अवस्था।

४, स्वास्थ्यकर्मी, वायो मेडिकलका प्रावधिक कर्मचारीको व्यवस्थापन र उपचारमा खटिने स्वास्थ्य कर्मचारीहरुको सामूहिक तालिम गराउन नसकिएको।

५, स्थानीय निकायहरुलाई प्रष्ट निर्देशन तथा आर्थिक श्रोतको व्यवस्थापनबारे तयारी गर्न नसकेकाे

६, समयमा पिसिआर परिक्षणलाई व्यापक बनाउन, खाेप खरिद गर्न,रेम्सिडर ओैंषधि खरिद गर्न नसक्नु र त्यसकाे पुर्व अनुमान गर्न नसक्ने जस्ता कमिकमजाेरी राज्यका नीति निर्माताहरूबाट विगतमा भयाे।

नियन्त्रणको लागि प्रभावकारी उपाय के हुन सक्दथ्यौ ?

१, भारत लगायत तेस्रो मुलुकवाट आउनेहरूको नाकामै स्वास्थ्य परीक्षण,

२, १० दिन अनिवार्य क्बारेन्टाइनको ब्यवस्था,

३, संक्रमितहरुको सही र प्रभावकारी उपचार

४, सकभर होम आईसोलेशन पूर्णरुपमा बन्द गरि बैकल्पिक अस्पतालहरुको ब्यवस्थापन

५, स्थानीय निकायका स्वास्थ्य शाखाहरुलाई परिचालित गरि ब्यापक परीक्षण, डाटा संकलन तथा स्वास्थ्य निगरानी र जनचेतना फेलाउने कार्य

६, परिक्षणका लागि आवश्यक कीट,खाेप,मेशिन र उपकरण सामाग्रीको उपलब्धता

७, आवश्यक स्वास्थ्य कर्मचारीको भर्ना,तालिम तथा परिचालन

८, नागरिक सुरक्षाको बजेटलाई पहिलो प्राथमिकतामा राखी बजेट व्यवस्थापन यो कार्यहरु सुझाव दिन सजिलो तर ब्यवस्थापन गर्न गार्हो तर असम्भव होईन् जस्तो लाग्दछ।

अब के गर्ने ?

ढिलो भए पनि हामी पुनः आत्मआलोचना गरि महामारी बिरुद्ध एक जुट होऔं। संक्रमण घटि रहेकोले होम आईसोलेसनमा रहेकाहरुलाई नजिकको संस्थागत आईसोलेसनमा राखौ। निषेधाज्ञा आगामी केही हप्ता सम्म बढाई पूर्ण पालना गरौं, नाकामा आवत जावत कम भएकोले सवै यात्रुको परीक्षण गरि पुनः सानो स्थान भए पनि क्वारेन्टाइनमा राखौं।

अक्सिजन, स्वास्थ्यकर्मी,स्वस्थ्य उपकरण तथा मर्मत सम्भार गर्ने जनशक्तिको पहिचान गरि सवै अस्पतालमा परिचालन गरौं। काेराेना खाेप(भ्याकसीन)को उपलब्धता सुनिश्चित गरी छिटो छरितो तवरले सबै नागरिकलाई खोप लगाऔं।

महामारी आइ सकेको छैन, तर अन्त्य भएको छैन र अझ खतरा छ भनि अनुभूति गरौं। घरबाट निस्कदा माक्स,सेनिटाइजरकाे प्रयाेग गराै,सावुन पानीले हात धाओैं,स्वास्थ्य सुरक्षा मापदण्ड र २ मिटरकाे सामाजिक दुरी अनिवार्य पालना गराैं।

यति गरेमा काेराेना महामारी कम गराउन सकिन्छ,महामारीबाट वच्न र बचाउन सकिनेछ। भाेकमरी,वेराेजगारी र अर्थतन्त्रमा आउने मन्दिबाट उम्कन सकिन्छ।

यसरी नै राेगकाे प्रकाेप फैलिने र सरकारले निषेधाज्ञा बढाउदै जाने हाे भने देशमा ठुलाे भाेकमरी,अभाव र आर्थिक मन्दि छाउने छ। जनधनकाे व्यापक नाेक्सानी हुनेछ। सुरक्षति रहौं, सुरक्षति राखौं।


१५ जेठ २०७८, शनिवार १२:५९ बजे प्रकाशित

nawakantipur long
nabilbank long ad