stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आहा रारा गोल्ड कप बिहीबारदेखि, विदेशी एक सहित १० टोली सहभागी हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बुधबार, २१ फागुन २०७६

पोखरा । सहारा क्लबको आयोजनामा भोली फागुन २२ गतेदेखि पोखरामा १८ औँ संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता हुँदैछ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष केशवबहादुर थापाले यस वर्षको खेलमा विदेशी एकसहित १० टोली सहभागी हुने जानकारी दिए ।

प्रतियोगितामा विजेता टोलीले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार पुरस्कार पाउने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा रु एक करोड १८ लाख आम्दानी र रु १ करोड खर्च हुने अनुमान गरिएको छ ।

प्रतियोगिताबाट बचत हुने रकम क्लबबाट सञ्चालित सहारा एकेडेमीमा खर्च गरिने उनले जानकारी दिए । त्यस्तै सहारा क्लबले यस वर्ष राष्ट्रिय टिमका खेलाडी सुजल श्रेष्ठलाई ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७६’ बाट सम्मान गर्ने भएको छ । सहाराले हरेक वर्ष फुटबल खेलाडीलाई सम्मान गर्दै आएको छ ।

श्रेष्ठलाई रु ३५ हजार, प्रमाणपत्र र दोसल्लाले सम्मान गरिने छ । प्रतियोगिता आगामी चैत १ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

prabhu mahalaxmi
kumari