पछिल्लो २४ घण्टामा थप ३१२२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३१२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२९२ पीसीआर परीक्षणमा ३०३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा १ हजार १३२ गरी १ हजार ४९८ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर २५२ जना आईसीयू र भेन्टिलेटमा ६५ जना रहेका छन् । मन्त्रालयका अनुसार देशभर कोरोनामुक्त हुने दर ९२.५ प्रतिशत रहेको छ ।























