अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गर्ने जिल्ला प्रशासन कार्यालयको निर्णय
काठमाडौँ । केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौँ जिल्ला प्रशासन कार्यालय एक साताका लागि बन्द भएको छ ।
आज आइतबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले सूचना सार्वजनिक गर्दै सोमबारदेखि वैशाख २० गतेसम्म अत्यावश्यक कामबाहेक सेवा बन्द भएको जानकारी गराएका हुन् ।
पराजुलीका अनुसार अब शान्ति सुरक्षासँग सम्बन्धित निवेदन, मुद्दासँग सम्बन्धित कार्य र अन्य अत्यावश्यक सिफारि सबाहेक अन्य काम हुने छैनन् ।
तत्कालका लागि नयाँ नागरिकता, नागरिकता प्रतिलिपी, नाबालिक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस, हातहतियार दार्ता र नवीकरण, संस्था दर्ता तथा नवीकरण र पत्रपत्रिका दर्ताको काम हुने छैन ।
























