stcnepal long ad
global ime bank long

नेप्सेमा झण्डै ७६ अङ्कको पहिरो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से झण्डै ७६ अङ्कले घटेको छ । सबै समूहको शेयर घटेपछि नेप्से ७५ दशमलव ७९ अङ्कले घटेर २५ सय ७२ दशमलव २२ विन्दुमा झरेको छ ।

आइतवार बैंकिङ समूहको शेयर साढे ४२ अङ्कले, विकास बैंक समूहको शेयर ८६ अङ्कले, व्यापारको एक सय १३ अङ्कले, होटल तथा पर्यटनको दुई सय २० अङ्कले, जलविद्युतको एक सय १२, फाइनान्सको ४४, माइक्रो फाइनान्सको एक सय ६० अङ्कले, जीवन बीमाको चार सय ६०, निर्जीवन बीमाको चार सय ४०, उत्पादनको एक सय ३६ र अन्य समूहको शेयर ४७ अङ्कले घटेको छ ।

आइतवार दुई सय १५ कम्पनीका एक करोड ४६ लाख कित्ता शेयर सात अर्ब २८ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै निफ्राको ३९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

त्यस्तै सबैभन्दा धेरै चन्द्रागिरि हिल्स र नारायणी विकास बैंकको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि महिला लघुवित्त र विशाल बजार कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

IME Lifesidebar
kumari