citizens life insurance long ad
stcnepal long ad

देशभरको मौसम बदली, काठमाडौँ उपत्यकासहित विभिन्न ठाउँमा झरी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । मौसममा स्थानीय र पश्चिमी वायुको प्रभाव बढेपछि काठमाडौँ उपत्यका सहित देशका धेरैजसो ठाउँमा झरी परिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारदेखि नै बदली रहेको मौसमका कारण देशका विभिन्न ठाउँमा झरी परेको हो । छिनछिनमा झिमझिम पानी पर्दै रोकिने र फेरि बादल लागेर पानी पर्ने क्रम चलिरहेको विभागको भनाइ छ ।

पश्चिमी वायुको प्रभाव पश्चिमबाट बिस्तारै पूर्वतिर सरिरहेकोले पश्चिम र मध्य भागमा बेलुकादेखि मौसम सुधार हुँदै जाने पनि विभागको अनुमान । तर पूर्वी क्षेत्रको मौसम भने बिहीवार दिनभर सुधार नहुने बताइएको छ ।

अहिले देशको प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र अन्य प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्टयाङ्ग, हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । साथै तुँवालो समेत लाग्नेछ । हावाहुरी, चट्यांगको भय रहेकाले सतर्क रहन समेत विभागले आग्रह गरेको छ ।

IME Life
kumari