stcnepal long ad
global ime bank long

सनराइज बैंकको थप दुई शाखारहित बैंकिङ्ग सेवा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सनराइज बैंक लिमिटेडले ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका–६ ठुलादुर्लुङ र सप्तरी जिल्लाको खड्क नगरपालिका–११ बनौली, सप्तरीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

उक्त दुुुई शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ७६ पुगेको छ । गत मंगलबार खड्क नगरपालिका–११ का वडा अध्यक्ष राम कृष्ण चौधरी र प्रदेश प्रमुख रोहित कुमार महासेठको उपस्थितिमा शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन गरिएको हो ।

त्यस्तै, गत शनिबार महाङ्काल गाउँपालिका–का वडा सचिव इश्वरा पाण्डेको उपस्थितिमा शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन गरिएको थियो । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ग्राहकहरुले एटीएम कार्ड प्रयोग गरी निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी समेत गर्न सक्नेछन् ।

कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ७६ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटीएममार्फत् आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।

IME Lifesidebar
kumari