stcnepal long ad
global ime bank long

आज रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । रिलायन्स फाइनान्सको १०.५३% लाभांश सुरक्षित गर्ने आज  वैशाख ९ गते बिहीबार अन्तिम दिन हो । वैशाख २२ गते साधारण सभा बोलाएको कम्पनीले शुक्रबार वैशाख १० गते एक दिनका लागि बुक क्लोज गर्दैछ । यस अनुसार आजसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट १०% बोनस सेयर र ०.५३% नगद लाभांश वितरण गर्दैछ । सभा लैनचौर बैंक्वेट लैनचौर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा मर्ज तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका एजेन्डा छन् ।

IME Lifesidebar
kumari