stcnepal long ad
global ime bank long

काठमाडौंमा जथाभावी मास्क फ्याँक्नेलाई कारबाही हुने, अब पाँच दिनसम्म मास्कलाई सुरक्षित राख्नुपर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि काठमाण्डौ उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासन मार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ ।

विशेष गरी गाडी सञ्चालनमा थप कडाइका साथै प्रयोग गरेका मास्क लगायत सामग्रीको विसर्जनमा ध्यान दिन आग्रह गरिएको छ । अब विसर्जन गर्नुपर्ने मास्क बन्द डस्टबिन वा प्लाष्टिकको झोलामा बन्द गरी पाँच दिनसम्म सुरक्षित राख्नुपर्ने छ ।

त्यसपछि मात्रै विसर्जन गर्नुपर्ने छ । अटेर गरेमा कारबाही हुनेछ । घर तथा सार्वजनिक ठाउँमा जथाभावी नथुक्न र प्रयोग गरेको मास्क जथाभावी नफ्याँक्न भनिएको छ ।

सरकारले दिएको आदेश नमान्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो । सरकारी आदेशअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा सङ्क्रमण रोक्न मानवीय गतिवधि नियन्त्रण गर्न थालेको हो ।

नयाँ भेरियन्ट सहित कोरोना महामारीको सङ्क्रमण बढ्दै गएपछि यसको रोकथाम र नियन्त्रणका लागि निगरानी थालिएको उहाँले बताउनुभयो । यस्तै, जिल्ला प्रशासन कार्यालय काठमाडौंले गाडी चलाउँदा चालक र सहचालकलाई मास्क र भाइजर अनिवार्यरूपमा लगाउन निर्देशन दिएको छ ।

लामो दूरीका गाडीले बीचमा यात्रु चढाउन नपाउने
गृह मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले गाडीलाई दैनिक निसङ्क्रमित गर्न, कुनै पनि यात्रुले मास्क नलगाइ आएमा चालक तथा सहचालकले बढीमा १० रुपैयाँ लिई उपलब्ध गराउन पनि निर्देशन दिएको छ । लामो दूरीमा चल्ने सार्वजनिक गाडीले बीच बाटोमा यात्रु चढाउन पाउने छैनन् ।

सुरुको गन्तव्यदेखि हिँडेपछि यात्रु नचढाइ अन्तिमसम्म जानुपर्नेछ । त्यस्तै यात्रुको विवरण जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र काठमाडौंलाई उपलब्ध गराउन भनिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिनुभयो । सार्वजनिक गाडीमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यात्रुमा मास्क अनिवार्य गर्न, गाडीको ढोकामा र भित्र स्यानिटाइजरको व्यवस्था मिलाउन भनिएको छ ।

यस्तै, सूचनामा काठमाडौं महानगर र नगरपालिकामा रहेका शैक्षिक संस्था भर्चुअल तथा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्न आग्रह गरिएको छ । निर्धारित परीक्षा भने सुरक्षित साथ नियमित गर्न सकिने छ ।

सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी नाचघर, क्लब, जिमखाना, स्वीमिङ पुल, फुट्सल, सभा, जुलुस, हाटबजार, रङ्गशालामा हुने दर्शक सहितको खेलकुद र मानिसको भिडभाड हुने अन्य प्रकारका सबै कार्यक्रम बैशाख मसान्तसम्म बन्द गरिएको छ ।

एक पटकमा २५ जनाभन्दा बढी भेला नहुन भनिएको छ भने सपिङ मल डिपार्टमेन्टल स्टोर्सका सञ्चालक तथा व्यवस्थापकलाई जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ ।

मेला महोत्सव, जात्रा, पर्व, विवाह, न्वारन, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान, मलामी लगायत अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्दा २५ जनाभन्दा बढी नहुने गरी र जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी कार्य सञ्चालन गर्न भनिएको छ । मा जथाभावी मास्क फ्याँक्नेलाई कारबाही हुने, अब पाँच दिनसम्म मास्कलाई सुरक्षित राख्नुपर्ने

IME Lifesidebar
kumari