stcnepal long ad
global ime bank long

निजगढ विमानस्थलमा यतीको चलखेल भएकाे खुलासा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

बुधबार, १४ फागुन २०७६

काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाको विकास र सञ्चालनका निम्ति स्विट्जरल्यान्डको जुरिक एयरपोर्ट इन्टरनेसनल एजी कम्पनी छानिनुपछाडि पनि विवादास्पद यती समूहको संलग्नता फेला परेको छ।

सातवटा कम्पनीले आशयपत्र पेस गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेपाल लगानी बोर्डले अघिल्लो महिना जुरिक एयरपोर्ट इन्टरनेसनल एजीलाई परियोजनाको विकास र सञ्चालनका निम्ति काम गर्न एकमात्र कम्पनीको रुपमा छनोट गरेको हो।

जुरिक अन्तर्राष्ट्रिय एयरपोर्टको स्थानीय एजेन्ट यती ग्रुप रहेको र यही ग्रुपको सस्थागत स्वार्थ पूरा गर्न लगानी बोर्डले यो निर्णय लिएको बोर्डका एक अधिकारीले नागरिकलाई बताए। गत वर्षको सेप्टेम्बरमा प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बोर्डको बैठकले जुरिक एयरपोर्टलाई छनोट गरेको सूत्रले बतायो। यति ठूलो परियोजनाका लागि प्रतिस्पर्धा नगराई एकमात्र कम्पनीलाई छनोट गरिनु शंकास्पद रहेको पनि उक्त सूत्रले बतायो।

‘प्रतिस्पर्धामा रहेका अरु ६ कम्पनीलाई मापदण्ड पूरा नगरेको भन्दै प्रतिस्पर्धा नै गर्न दिइएन जब कि एसियामा अन्तर्राष्ट्रिय विमानस्थल बनाएको कुनै अुनभव नभएको जुरिक एयरपोर्टलाई छानियो,’ स्रोतले भन्यो।

गत मंसिर महिनामा रुख कटानीका कारण वातावरणमा पर्ने नकारात्मक प्रभावको छानबिन गर्नुपर्ने भनेर सर्वाेच्च अदालतले निजगढ विमानस्थल निर्माणमा रोक लगाएकाले बोर्डको निर्णय अगाडि बढ्न भने सकेको छैन।

लगानी बोर्डको यो निर्णयले यती ग्रुपलाई ठूलो वित्तीय फाइदा हुने देखिएको छ। निजगढ विमानस्थलको निर्माण परियोजनाका लागि ३ खर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ। सन् २०१९ मा भएको लगानी सम्मेलनमा यो परियोजनालाई महत्वका साथ प्रस्तुत गरिएको थियो।

‘स्विस कम्पनी भने कानुनी अडचनको स्थिति कसरी अगाडि बढ्ला भनेर पर्ख र हेरको स्थितिमा छ’, बोर्डसम्बद्ध सूत्रले भन्यो। लगानी बोर्डले जुरिक एयरपोर्ट नै छनोट हुने हिसाबले आशय पत्र बनाएको पनि सूत्रले बतायो। आजको नागरिक दैनिकबाट

IME Lifesidebar
kumari