macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

काभ्रेमाकाे आइटी ल्याबमा पनि चलखेल ?

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad
आजको नागरिक दैनिकबाट

बुधबार, १४ फागुन २०७६

काठमाडौं । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कार्यविधि मिचेर काभ्रेपलाञ्चोकमा ९७ वटा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्न दबाब दिएको फेला परेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा चारवटा सूचना प्रविधि प्रयोगशाला निर्माण गर्ने कार्यक्रम बनाएको थियो।

यसका लागि प्राधिकरणले ‘सूचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन कार्यविधि २०७५’ बनाएको थियो। यो कार्यविधिले निर्वाचन क्षेत्र हेरेर एक निर्वाचन क्षेत्रमा कम्तीमा ४ वटा प्रयोगशाला बनाउने भनेको छ। कार्यविधिको यो व्यवस्थालाई मिचेर बास्कोटाले काभ्रेमा मात्र ९७ वटा प्रयोगशाला निर्माण गर्न दबाब दिएका हुन्। बास्कोटा प्राधिकरणको तालुक मन्त्रालयका मन्त्री थिए भने काभ्रे उनको गृह जिल्ला हो। कार्यविधिअनुसार दुई निर्वाचन क्षेत्र भएको काभ्रेमा बढीमा १०–१२ वटासम्म सूचना प्रविधि प्रयोगशाला बनाउन सकिन्थ्यो। तर मन्त्रीले दबाब दिएपछि काभ्रेमा ९७ वटा प्रयोगशाला स्थापना गर्नेगरी कार्यक्रम समावेश गरिएको प्राधिकरण उच्च स्रोतले बतायो। ‘मन्त्री बास्कोटाले काभ्रेमा यति संख्यामा प्रयोगशाला बनाउन विद्यालय छनोट गर्नुस् भनेपछि हामीले नमान्नुको विकल्प छैन,’ उक्त स्रोतले भन्यो।

कार्यविधिमा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र २ नम्बर प्रदेशका जिल्ला तथा दाङ, बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासी (बर्दघाट पूर्व), नवलपरासी (बर्दघाट पश्चिम) र सुनसरीमा रहेका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कम्तीमा ६ वटा र अन्य जिल्लाको हकमा चारवटाका दरले प्रयोगशाला बनाउने भनिएको छ। प्रयोगशाला सामुदायिक विद्यालयमा बनाउनुपर्ने व्यवस्था गरिएको छ। कार्यविधिले एक निर्वाचन क्षेत्रमा कम्तीमा ४ वटा प्रयोगशाला बनाउने भनी गरेको व्यवस्थाविपरीत बाँस्कोटाले काभ्रेमा मात्रै ९७ वटा प्रयोगशाला निर्माण गर्न दबाब दिएका हुन् । दूरसञ्चार प्राधिकरणले मुलुकभरका ९ सय ३० सामुदायिक विद्यालयमा आइटी प्रयोगशाला बनाउन गत साउनमा ठेक्का दिएको हो । ओम्नी म्याक्स नेपा ज्वाइन्ट भेन्चरलाई तीन अर्ब ४७ करोड ६९ लाख रुपैयाँमा ठेक्का दिइएको हो। सामुदायिक विद्यालयमा स्थापना गर्न लागिएका प्रत्येक आइटी ल्याबमा २४ वटा कम्प्युटर, दुई सेट हार्ड डिस्क ९एक्सटर्नल०, प्रोजेक्टर, प्रिन्टर, सर्भिलेन्स सिस्टम, स्विच, राउटर र बत्ती नभएका स्थानमा सोलार सिस्टमसमेत जडान गर्नुपर्ने भनिएको छ। यो ठेक्का साढे तीन अर्बमा हुन लागेको हो। सम्झौतामा टेन्डर पाएको ६ महिनाभित्र काम सम्पन्न गर्नुपर्ने उल्लेख छ। तर महिना पुगिसक्दा पनि ल्याब स्थापना गर्ने कामले गति लिन सकेको छैन।

सञ्चार मन्त्रालय उच्च स्रोतका अनुसार आइटी प्रयोगशाला बनाउन बोलपत्र तयार पार्दा नै चलखेल गरिएको थियो। बोलपत्रको स्पेसिफिकेसन्स धेरै कम्पनीलाई नमिल्ने गरी तयार गरिएको स्रोतको दाबी छ। मन्त्री बास्कोटासँगको मिलेमतोमा प्रयोगशाला स्थापनाको ठेक्का म्याक्स ओम्नी जेभीले हत्याएको स्रोतको दाबी छ। प्राधिकरण प्रवक्ता मीनप्रसाद अर्यालले मन्त्रालयको समेत समन्वयमा गरिएको काम भएकाले काभ्रेमा बढी पर्न गएको बताए। ‘कम्तीमा चारवटा स्थापना गर्ने भनिएको हो’, उनले मंगलबार नागरिकसँग भने, ‘तर काभ्रेबाट बढी माग आएकाले त्यस्तो भएको हो।’ ठेक्का प्रक्रियामा मिलेमतो भएको विषय भने आफूले भन्न नसक्ने प्रवक्ता अर्यालको भनाइ छ।

१४ फागुन २०७६, बुधवार ०७:२५ बजे प्रकाशित

NTA long ad