stcnepal long ad
global ime bank long

गैंडाको खागको अवैध तस्करीमा संलग्न व्यक्ति पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा संचालित ूअपरेशन महाहण्ट–७ मा खटिएको नेपाली सेना र निकुञ्ज कर्मचारीको संयुक्त टोलीले २०७७ माघ २ गते गैंडाको खागको अवैध तस्करीमा संलग्न रहेको आरोपमा २ जना व्यक्तिहरुलाई पक्राउ गरी कसरा स्थित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको छ ।
पक्राउ पर्नेहरुमा गोरखा नगरपालिका वडा नं. ७ नयाँबजार निवासी बर्ष २७ को कैलाश आले मगर र नवलपुर जिल्ला गैंडाकोट न.पा. १ बस्ने बर्ष २७ को कालेू भनिने अशोक गुरुङ्ग रहेका छन् । अपरेशन महाहण्ट–७ अन्तर्गत भइरहेका सफल कारवाहीहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुमा संरक्षित जीवजन्तु र प्राकृतिक सम्पदाहरुको सुरक्षा थप प्रभावकारी भई चोरी शिकारीका घटनाहरु नियन्त्रणमा आउने विश्वास नेपाली सेनाले लिएको छ ।

IME Lifesidebar
kumari