stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

एलजीको ‘रेड फेयरमा ५० प्रतिशतसम्म छुट

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । सोमबार, १२ फागुन २०७६
काठमाडौं । एलजीले यही फागुन ११ गतेदेखि ‘एलजी रेड फेयर’ ल्याएको छ । यस अन्तर्गत एलजीको सामानहरुको खरिदमा ५० प्रतिशतसम्म छुट पाउन सकिन्छ । इनोभेसन फर बेटर लाईफको लक्ष्य सहित एलजीले सधै ग्राहकहरुको लागि नविन घरायसी सामग्रीहरु उपलब्ध गराउँदै आएको छ ।
जसले आकर्षक जीवनशैली झल्काउने एलजीको नेपालको आधिकारिक बिक्रेता सिजी इम्पेक्सले जनाएको छ । एलजीले टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, माईक्रोवेभ ओभन, साउण्ड सिस्टम, भ्याकुम क्लिनर, एयर प्युरिफायर, एसी र डिस्वासर जस्ता अत्यावश्क सामग्री ग्राहकहरुको लागि नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।
रेड फेयर अन्तर्गत ‘लक्की ड्र’मार्फत बम्पर उपहारमा एक जोडीले ताज मेघौली सेराई घुम्ने अवसर पाउने छन् र हरेक हप्ता लक्की ड्र मार्फत एलजीको अडियो सिस्टम पनि जित्न सक्नेछन् । लक्की ड्र मा भाग लिनको लागि एलजी–स्पेस–नाम–कमा–मोडल नम्बर–कमा–सेरियल नम्बर–ठेगाना टाइप गरी ३४३४३ मा एसएमएस पठाउनु पर्ने छ । यो योजना एलजीका सबै व्यपारिक केन्द्रहरुबाट पाउन सकिने कम्पनीले जनाएको छ । योजना सीमित अवधिको लागि नेपाल भरी लागू हुनेछ ।

prabhu mahalaxmi
kumari bank
kumari