stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पाँच अर्ब ६० करोड खर्चेर ७५ लाख नेपालीको निःशुल्क स्वास्थ्य बीमा गर्दै सरकार

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले ७५ लाख नेपालीको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । सरकारले निरपेक्ष गरिबीको रेखामुनी रहेका १६ लाख परिवारका ७५ लाख नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न लागेको हो ।

अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमार्फत त्यस्तो बीमा कार्यक्रम ल्याउन लागिएको बताएका हुन् । सरकारले ३५ सय रुपियाँमा ५ जनाको परिवारलाई २ लाख रुपियाँसम्मको स्वास्थ्य उपचार सेवा दिईरहेको छ । त्यस्तो प्रिमियम तिर्न नसक्ने गरिबहरुका लागि भने सरकारले नै प्रिमियम तिर्न लागेको हो ।

‘चरम गरिबीमा रहेका परिवारहरुले बीमाको प्रिमियम तिर्न नसक्ने अवस्था छ । म यहिँबाट घोषणा गरिदिन्छु की चरम गरिबीको चपेटामा रहेका साढे १६ लाख परिवार छन् । ३५ सय रुपैयाँमा परिवारकै बीमा गरिदिने र २ लाखसम्मको स्वास्थ्य उपचार सेवा पाउने व्यवस्था छ, निरपेक्ष गरिबीको रेखा मुनी रहेका साढे १६ लाख परिवारका ७५ लाख नागरिकको प्रिमियम सरकारले तिरिदिन्छ’, खतिवडाले भने । प्रति परिवार ३५ सय रुपियाँका करले प्रिमियम तिर्दा सरकारले १६ लाख परिवारका लागि सरकारले बार्षिक ५ अर्ब ६० करोड रुपियाँ तिर्नुपर्नेछ ।

सरकारले पशु तथा बाली धन बीमा लगायतका सेवामा ७५ प्रतिशत अनुदान दिए वापत गत वर्ष मात्रै २ अर्ब प्रिमियम तिरेको पनि खतिवडाले जानकारी दिए । निरपेक्ष गरिबीको रेखामुनी रहेका नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराएर त्यस्तो रेखाबाट माथी ल्याउन सघाउने अभियान स्वरुप कार्यक्रम अघि सारिएको पनि बताए ।

‘गरिबीको रेखामुनी रहेको परिवार रोगहरुका कारण उपचारका नाममा थला परिरहन्छ र गरिबीबाट माथी आउन सक्दैनन् । हामीले गर्ने बीमाहरुले गरिबीबाट माथी आउने सुनिश्चितता गरिनुपर्छ’ खतिवडाले भने ।

उनले स्वास्थ्य बीमा बोर्डको संरचनालाई बदल्ने तयारी भैरहेको पनि जानकारी दिए । ‘बीमाका सबै स्किमहरु सञ्चालन गर्ने जीवन बीमा कम्पनीहरुले नै हो । नियामक र प्रवद्र्धकहरुले संयोजन, प्रवद्र्धन गरिदिने मात्रै हो । अब बोर्डको संरचना र कार्यशैली पनि परिमार्जन गर्छाै’, अर्थमन्त्री खतिवडाले भने ।

prabhu mahalaxmi
kumari