सञ्चारमाध्यमलाई जिम्मेवार हुन प्रेस काउन्सिलको आग्रह
काठमाडौं । समसामयिक राजनीतिक परिस्थितिएवं अहिलेको संवेदनशील घडीमा राजनीतिक दल÷नेताहरूबाट एक आपसमा लक्षित गर्दै कुनै बैठक तथा सभाहरूमा बोल्ने क्रममा प्रयोग भएको भनिएका भनाइ, भाषा, शब्द, सडकमा लागेका उच्छृङ्खल र अमर्यादित नारा समेतमा आधारित भई सम्मानित संस्था, व्यक्ति र नागरिकहरूको मर्यादामा समेत आँचपुग्ने गरी मूलशीर्षक बनाई, तोडमरोड गरी नकारात्मकतालाई मद्दत पु¥याउने किसिमबाट सञ्चार माध्यमहरूबाट पत्रकार आचार संहिता, २०७३ (पहिलो संशोधन, २०७६) विपरीत सामग्रीहरू प्रचार प्रसार भइरहेको देखिएकाले यसप्रति प्रेस काउन्सिलनेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
तथ्यभन्दा टाढा रही कसैलाई लाभवाहानी पु¥याउने नियत राखी, कसैमाथि भेदभावहुने वा घृणा उत्पन्न गर्ने गरी, कसैको आत्मसम्मानमा ठेस पु¥याउने, सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने किसिमबाट अशिष्ट, अमर्यादित भाषा र कार्यशैलीमा जनमानसमा भ्रमपार्ने, उत्तेजित बनाउने र सामाजिक सद्भावमा खलल पु¥याउने गरी सामग्री सम्प्रेषण गर्नु÷गराउनु पत्रकार आचारसंहिता प्रतिकूलहुने हुँदा तथ्यगत पुष्टि सहित मर्यादित, सन्तुलित सामग्री सम्प्रेषण गर्नु जिम्मेवार पत्रकार तथा सञ्चारमाध्यमको कर्तव्य र जिम्मेवारी हो । यसबाट नै प्रेस स्वतन्त्रतालाई अक्षुण्ण राख्न मद्दत पुग्दछ ।
यसर्थ सार्वजनिक शिष्टाचार, सामाजिक सद्भाव, व्यक्तिको आत्मा सम्मानको ख्याल गरी आफ्नो कर्तव्य निर्वाहका क्रममा थप सभ्य, शिष्ट, मर्यादित, जिम्मेवार भइ सामग्री सम्प्रेषण गर्नु÷गराउनु हुन आमसञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा प्रेस काउन्सिलले नेपाल हार्दिक अपिल गरेको छ ।























