citizens life insurance long ad
stcnepal long ad

नेपाल प्रहरीका ९ एसएसपी डिआइजी बढुवाका लागि सिफारिस

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल प्रहरीका ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरू प्रहरी नायव महानिरीक्षक )डीआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयको बढुवा समितिको सोमबार बसेको बैठकले ९ एसएसपीलाई डिआइजी बढुवाका लागि सिफारिस गरेको हो।

डीआईजी बढुवाका लागि सिफारिस हुने पहिलो नम्बरमा सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा कार्यरत गणेशबहादुर ऐर छन् । प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन महाशाखा नक्साल, काठमाडौंमा कार्यरत पुरुषोत्तम कँडेल दोस्रो नम्बरमा बढुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालय आतंकवाद नियन्त्रण महाशाखा नक्साल, काठमाडौंमा कार्यरत राजेश कुमार लाल कर्ण बढुवाको तेस्रो नम्बरमा छन् भने प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्युरो, काठमाडौंमा कार्यरत डा देवबहादुर बोहरा चौथो नम्बरमा रहेका छन् ।

प्रहरी प्रधान कार्यालय यूएन महाशाखाको जिम्मेवारी सम्हाल्दै आएका दिवेश लोहनी बढुवाको पाँचौ नम्बरमा परेका छन् । १ नम्बर प्रदेश कार्यालय प्रहरी कार्यालय विराटनगरका रामकृपाल साह, प्रहरी प्रधान कार्यालय प्रहरी निरीक्षणालय नक्सालका उमेश रञ्जितकार, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा वैदेशिक महाशाखा नक्सालका प्रकाश अधिकारी र प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा कार्यरत मुकुन्दराज आचार्य पनि बढुवाका लागि सिफारिस भएका छन् । मन्त्रिपरिषद बैठकले सिफारिसमाथि निर्णय गर्नेछ ।

IME Life
kumari